सबै धर्म र पर्व मान्न पाउने गरी संविधानमा अधिकारको व्यवस्था भएको छः मुख्यमन्त्री

२० मङ्सिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले नेपालको संविधानले सबै धर्मावलम्बीको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ ।

राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपाल जिल्ला समिति मकवानपुरको आयोजनामा मङ्गलबार हेटौँडामा आयोजित ख्रिस्टमस उत्सव २०८१ तथा नव वर्ष सन् २०२५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले सबै धर्म र पर्व मान्न पाउने गरी संविधानमा अधिकारको व्यवस्था भएको बताउनु भयो ।

उहाँले सबैले आफ्नो धर्म र संस्कृति मान्न पाउने र त्यो अनुसारको पर्व मनाउन पाउने अधिकार संविधानले सुनिश्चित गरेको बताउनुभयो ।

उहाँले पञ्चायत कालमा धर्म प्रचार गर्न नपाउने, एकल धर्म मात्र थियो र गिरफ्तारसमेत गरिन्थ्यो भन्दै विभेद र छुवाछुत कम हुँदै गएको र मनमा करुणा भाव भयो भने धेरै कुरा मिल्ने धारणा राख्नुभयो ।

 

The post सबै धर्म र पर्व मान्न पाउने गरी संविधानमा अधिकारको व्यवस्था भएको छः मुख्यमन्त्री first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री