१५ भदौं, काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिनु भएको छ । उहाँले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिनु भएको हो ।
सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिनु भएको हो । यस अघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिनु भएको थियो ।
The post सचिव भट्टराईको राजीनामा first appeared on Khabar Breaking.