‘सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न

२५ कार्तिक,काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले ‘सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न गरेको छ । प्रा.डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्य र साहित्यकार कलानिधि दाहालको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा साहित्य, समाजसेवा र पर्यावरणका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरूमा हरिभक्त सिग्देल, मानन्धर अभागी, डा रेणुका सोलु, हेमन्तराज काफ्ले र ज्योति जंगली थिए । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक ज्ञवालीले लेखेर र बोलेर मात्र साहित्यकार नहुने स्पष्ट गर्दै त्यसका लागि आफूभित्र आत्मविश्वास र लगनशीलता आवश्यक भएको बताए ।

सो अवसरमा संस्थाका अध्यक्ष बुद्धिबल श्रेष्ठ, उपाध्यक्ष भैरवी भूगोल, नेपाल शाखा प्रमुख अमन एकल र केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले संस्थाका गतिविधि र आगामी योजनाका विषयमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा कवि तथा साहित्यकार सुमित्रा सुमी, मन्दिरा मधुश्री, टुकादेवी पौडेल आचार्यले आआफ्नो रचना पाठ गरेका थिए ।

The post ‘सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    २१ मंसिर , काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज बिहान काठमाडौं आइपुगेका छन् । निजी भ्रमणको सिलसिलामा यहाँ आएका उनले काठमाडौंमा  स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र…

    Read more

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    २१ मंसिर , काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९औँ साधारणसभा तथा अधिवेशन शुरु भएको छ। मंसिर २० र २१ गते हुने यस अधिवेशनको सन्दर्भमा पूँजीबजार लगायत समग्र अर्थतन्त्र…

    Read more

    Leave a Reply

    You Missed

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    • By
    • December 6, 2024
    • 7 views

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    • By
    • December 6, 2024
    • 7 views

    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    • By
    • December 5, 2024
    • 7 views
    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    शिक्षा समितिको बैठक आज बस्दैँ

    • By
    • December 5, 2024
    • 7 views

    प्राइम कमर्सियल बैंकको ५% लाभांश सत्रौं साधारणसभाबाट पारित

    • By
    • December 5, 2024
    • 7 views

    Profile and Interviews: Ganpati Bappa Morya 🥹❤️🙏 #ganpatibappamorya #ganeshchaturti #bappa #balganesh #trending