संवैधानिक संरचना जोगाउन ‘नेशनल भोलेन्टियर्स फोर्स’ परिचालन गर्ने ओलीको घोषणा

0
7

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीद्वारा गठित ‘नेशनल भोलेन्टियर्स फोर्स’ ले देशका संवैधानिक तथा राज्यका महत्वपूर्ण संरचनामाथि हुन सक्ने सम्भावित आक्रमण रोक्ने बताएका छन् ।

झापाको दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका संरचना जोगाउन संगठित युवा शक्तिको परिचालन आवश्यक रहेको धारणा राखे । विगतका विभिन्न आन्दोलनका क्रममा सरकारी संरचनामाथि भएका तोडफोड तथा आगजनीका घटनाबाट पाठ सिक्दै यो फोर्स गठन गरिएको स्पष्ट पारे ।

‘विगतमा युवाशक्ति व्यवस्थित नहुँदा राज्यका संरचनामा ठूलो क्षति पुग्यो, अब त्यस्तो अवस्था दोहोरिन दिइने छैन,’ उनले भने, ‘देशका संस्थाहरूमाथि हुने आक्रमण अब कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउन एमालेले विशेष सुरक्षा रणनीति अपनाउने बताए । उनले निर्वाचनका दिन देशभरका प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जनाका दरले ‘नेशनल युथ फोर्स’ का स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here