संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै

२० भदौं, काठमाडौ । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । समितिको बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।

The post संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनको मूल्य घट्यो

    २३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको…

    Read more

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनको मूल्य घट्यो

    • By
    • September 8, 2024
    • 0 views

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि