

‘श्री अम्बा टायर हाउस’ कलंकीमा पनि संचालनमा
काठमाडौं ।‘श्री अम्बा टायर हाउस’ कलंकीमा पनि संचालनमा आएको छ। विगत २० वर्षदेखि अटोपार्टस व्यवसाय संचालन गर्दै आएको श्री अम्बा ग्रुपले लगानी विस्तार गर्दै काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा रहेको त्रिथुंगा कम्प्लेक्समा ‘श्री अम्बा टायर हाउस’ सञ्चालनमा ल्याएको हो ।
शनिबार (१२ माघ) एक समारोहबीच टायर हाउसको औपचारिक उद्घाटन गरिएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र वडा नंं. १५ का अध्यक्ष घनश्याम लुइँटेल, श्री अम्बा ग्रुपका प्रवन्ध निर्देशक अरुण कुमार अग्रवाल लगायतले टायर हाउसको उद्घाटन गरेका हुन् ।
कम्पनीले एमआरएफ, सिएट, म्याक्सिस, अपोलो, जेके, कन्टिनेन्टल, लिङलङजस्ता विश्वस्तरीय टायर ब्राण्डहरू टायर हाउसमा उपलब्ध गराएको छ । हेज, एरोस्टार, एक्सिस र एसएमटीजस्ता उच्च गुणस्तरका हेलमेट उत्पादनहरू पनि शोरुममा बिक्रीका लागि उपलब्ध छन् । ब्याट्रीका लागि जुनेक्स, मेसिमो र ग्लोब्याट जस्ता विश्वासिला ब्राण्डहरू पनि उपलब्ध गराइरहेको छ प्रवन्ध निर्देशक अग्रवालले बताए ।
कम्पनीले ग्राहकहरूको सजिलोका लागि एल्लोह्विल, टायर फिटमेन्ट सेवा तथा नाइट्रोजन ग्यासको सुविधा समेत सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको आवश्यकतालाई प्राथमिकतामा राखेर टायर, ब्याट्री, हेलमेट लगायतका उत्पादन र सेवाहरू उपलब्ध गराइएको अग्रवालले बताए ।
समुद्घाटनको अवसरमा जनवरी २५ – २८ सम्म खरिदमा ६ प्रतिशतको छुटका साथै उपहार प्रदान गरिने संचालकले जनाएका छन् ।