शिव प्रसाद अर्याललाई केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा बधाई

0
9

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ मकवानपुर शाखाले शिव प्रसाद अर्याल केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। शाखाले जारी गरेको बधाई सन्देशमा अर्यालको नेतृत्व, अनुभव र प्रतिबद्धताले शैक्षिक परामर्श क्षेत्रको विकास तथा गुणस्तरीय सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

संघले बधाई पत्रमार्फत शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन अर्यालको कार्यकाल सफल रहोस् भन्ने कामना गरेको छ। साथै, संस्थागत सुदृढीकरण, पेशागत मर्यादा कायम राख्ने प्रयास र विद्यार्थी केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने अपेक्षा पनि व्यक्त गरिएको छ।

शाखाले केन्द्रिय तहमा मकवानपुरको प्रतिनिधित्व थप मजबुत बनेको उल्लेख गर्दै समग्र संघको हित, समन्वय र नीतिगत सुधारमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

नेपाल शैक्षिक परामर्श संघ मकवानपुर शाखाले अर्याललाई पुनः हार्दिक बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here