
शिक्षा समितिको बैठक बस्दै
२० माघ, काठमाडौं । संघीय संसद्अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समितिको बैठक कक्षमा बैठक दिउँसो साढे १२ बजे बस्न लागेको हो । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
भवन बनेको लामो समय बितिसक्दा समेत कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउन सकेको छैन । लागि साना(ठूला गरी ५१ वटा भवन बनेका छन् । त्यसका लागि २०६८र०६९ सालदेखि नै बजेटको व्यवस्था गर्न थालिएको थियो ।गत वर्ष सुदूरपश्चिममा नागरिकस्तरबाट व्यापक आन्दोलन भएको थियो । चर्को आन्दोलनपछि सरकारले मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।
तत्कालीन शिक्षामन्त्री अशोक कुमार राईले यो विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए । २९ माघ २०८० माघमा बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको थियो ।