
शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्न कांग्रेसका नेता शेखर कोइरालाको माग
१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्न माग गर्नु भएको छ ।
शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भएको उल्लेख गर्दै उहाँले यस्तो माग गर्नु भएको हो ।
‘पठन पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ, यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो,’ कोइरालाले भन्नु भयो , ‘अब धेरै ढिला भयो, एक दुई दिन मै समस्या समाधान गरी पठन पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’