Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एमालेका नेता योगेश भट्टराईले उठाए गम्भिर प्रश्न Breaking News
  • माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् ! Breaking News
  • क्रान्तिकारी विद्यार्थी आन्दोलनभित्र देखिएको वैचारिक अस्पष्टताका सम्बन्धमा क्रान्तिकारी Breaking News
  • Hamro Tsum Valley | Raju Lama | Tshering Lhamu Tsumpa | Official Music Video 2023/2080 Breaking News
  • #Euta ManchhekoMayale #comingsoon #shorts Breaking News
  • नागरिकता विधेयक आजै पारित गर्ने तयारी Breaking News
  • कानुन र अनुशासनको सर्वोच्चता खै त ? Breaking News
  • आगामी महिना महँगी अझ बढ्ने Breaking News

शान्ति सुरक्षा सम्बन्धि प्रहरी अनुरोध कार्यक्रम सम्पन्न

Posted on March 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on शान्ति सुरक्षा सम्बन्धि प्रहरी अनुरोध कार्यक्रम सम्पन्न

काठमाण्डौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फागुन २३ गते शुक्रबार टुँडालदेवी मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, प्रहरी बृत महाराजगंज र मालीगाउँको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध कार्यक्रम सम्पन्न भएको छ।  

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। त्यस अवसरमा पूर्व सचिव एवं पूर्व महालेखा परीक्षक मधुसुदन ढकाल, नेपाली सेनाका पूर्व उपरथी शिवराम प्रधान, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षकद्धय कमल सिंह बम र निरज शाही, पूर्व प्रहरी नायब महानिरिक्षक हेमन्त मल्ल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक कुलदिप चन्द  विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारीले समाजमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा रोकथामका लागि सूचना आदान-प्रदान महत्वपूर्ण रहेको बताउँदै अपराध न्यूनीकरणका लागि जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। 

उहाँले नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन अनुरोध गर्नुभयो । “अपराध नियन्त्रणमा सूचना आदानप्रदान महत्वपूर्ण छ, नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन हाम्रो अनुरोध पनि छ” उहाले भन्नुभयो ।  साथै उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्देश्य अपराध नियन्त्रण गर्नु रहेको उल्लेख गर्दै प्रहरी र समुदायको सहभागितामा मात्र समाजलाई सुरक्षित बनाउन सकिने धारणा समेत व्यक्त गर्नुभयो। 

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले आसन्न होली पर्वलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै समुदाय र प्रहरीको आपसी समन्वयमा शान्ति सुरक्षालाई प्रवर्द्धन गर्न सकिने बताउनुभयो।

पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक कमल सिंह बमले सामुदायिक सेवाले अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग पुर्‍याउँदै आएको बताउनुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौंले कर्मठ र क्षमतावान नेतृत्व पाएको उल्लेखसहित परिसर प्रमुख विश्व अधिकारीको कार्यकालमा अपराध नियन्त्रणमा अझ उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै पूर्व प्रहरी नायब महानिरिक्षक हेमन्त मल्लले सामुदायिक सेवा केन्द्र टुँडालदेवीको सक्रियताको प्रशंसा गर्दै प्रहरीप्रति समाजमा आउने विभिन्न गुनासाहरू सम्बोधन गर्न प्रारम्भिक अनुसन्धानलाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो।

वडा सदस्य नवीन मैनालीले स्थानीय तहमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको लागि सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रहरी बृत मालीगाउँका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक सुनिलजङ शाहले धन्यवाद ज्ञापन गर्नुहुँदै शान्ति सुरक्षा कायम गर्न समुदायको साथ महत्वपूर्ण हुने बताउनुभयो।  

सो अवसरमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक कुलदिप चन्द र प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापालाई दोसल्ला ओडाई स्वागत सम्मान टक्राउनुभएको थियो ।  

कार्यक्रममा विभिन्न संघ संस्था, स्थानीय क्लब, टोल सुधार समिति, सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, स्थानीय व्यक्तिहरू गरी करिब १६० जनाको उपस्थिति रहेको थियो।  

काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।

Breaking News

Post navigation

Previous Post: संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछः कमल थापा
Next Post: Profile and Interviews: When the cat asked the mistress to take her to the zoo #cat #youtubeshorts #viralshort

Related Posts

  • kp2 9ln61wkgwF QBwqGO
    ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी Breaking News
  • नवनियुक्त भारतीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र Breaking News
  • maxresdefault 19
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 138 | Feb 19, 2023 | Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर Breaking News
  • Kehi Atitka Geetharu | Huna Samma Bhayo | Nisthuri Niyatile | Mutu Pani Kasto | Hindana Jau Ye Breaking News
  • maxresdefault 19
    The Game Changer -सेल रोटीलाई ब्रान्ड बनाएर लाखौ आम्दानी Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • चिनियाँ विदेशमन्त्रीको यस्तो छ आजको भेटवार्ता कार्यक्रम Breaking News
  • भारतले गण्डक नहरमा सम्भौताअनुसार पानी नछोड्दा कृषक मारमा Breaking News
  • maxresdefault 64
    कृषि कर्ममा रमाइरहेका नेपथ्यका नायकको जीवन-यात्रा Breaking News
  • Our Culture Mangsir Mashko (Nuwakot Khyali) – Bhanu Oli & Anju Gautam Breaking News
  • She Sued Tennessee For Denying Her an Abortion. Now She’s Running For Office. english_news
  • चन्द र वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन दाहालको आग्रह Breaking News
  • AI Is Turning Social Media Into the Next Frontier for Suicide Prevention
    English News: AI Is Turning Social Media Into the Next Frontier for Suicide Prevention Breaking News
  • maxresdefault 19
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -230 | 25 Mar, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • SANU MA “सानु म​” – Prem Lama | Subani Moktan #shorts Breaking News
  • Measles and Misinformation Are Two Huge Public-Health Threats english_news
  • Simal Chhayale | Ramji Khand | Samarika | Releasing Today Breaking News
  • #timibina #musicnepal #shorts Breaking News
  • Trader Joe’s Soup Dumplings Recalled For Possibly Containing Plastic
    English News: Trader Joe’s Soup Dumplings Recalled For Possibly Containing Plastic Breaking News
  • एमाले एक्लै चुनाव लड्छ र एक्लै बहुमत ल्याउँछः रिजाल Breaking News
  • मन्त्रिमण्डल विस्तार Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme