शान्तिश्रीको स्वर, प्रीतमको शब्द, संगीतमा ‘माथि माथि माया बग्छ’

२५ साउन ,काठमाडौँ । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय रहेको छ। प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार श्रेष्ठ हाल सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बसोबास गर्दै क्यालिफोर्निया राज्यको डाटा एनालिस्टको रूपमा काम गर्दै छन्, विदेशी भूमिमा रहेर व्यस्त कामका बावजुद पनि नेपाली संस्कृति, परम्परा र महिलाको सम्मानलाई प्राथमिकता दिँदै उनले यो गीत तयार गरेका हुन्।

आजकाल धेरै तीजका गीतहरू केवल पैसा र भ्यूजको लागि बनाइरहेको समयमा गीतकार प्रीतम श्रेष्ठले मौलिकता र सांस्कृतिक महत्वलाई प्राथमिकता दिएका छन्। उनले यस अघि दुई गीतहरू ‘मायालु’ र ‘तिमी हिड्ने गल्ली’ सार्वजनिक गरिसकेका छन्।

The post शान्तिश्रीको स्वर, प्रीतमको शब्द, संगीतमा ‘माथि माथि माया बग्छ’ first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 7 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 7 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 1 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views