व्यवसायीले काम गर्न सहज वातावरण निर्माण गरिदैंछ: मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजि सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले राज्यले व्यवसाय गर्न अनुमती दिएपछि काम गर्ने सहज हुने वातावारण निर्माण गनुृपर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं वार्षिक साधारणसभा तथा ३२औं स्थापना दिवसको कार्याक्रममा सोमबार (१७असार ) मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई मर्यादित बनाउनेतर्फ व्यवसायी आफैं अग्रसर हुनुपर्नेमा पनि जोड दिए।

मन्त्री अर्यालले भने, ‘संघ स्थापना भएको ३२ वर्ष हुँदा पनि किन यो पेसा यस्तो अवस्थामा रहयो ? यो व्यवसायलाई मर्यादादित बनाउन पर्छ । अब वैदेशिक रोजगारीमा जानेहरुका लागि भैरहवा र पोखराको विमानस्थल प्रयोगमा ल्याउनु पर्यो । यसका लागि व्यवसायीले पनि सहयोग गर्नु पर्छ । २ सय १ अर्ब पैसा बैकभन्दा बाहिरबाट उठाएको कुरा आएको छ । यो कुरा व्यवसायीहरुले नै भन्दै आएका छन । सबै मिलेर यो व्यवसायलाई मर्यादित बनौं । माइग्रेसन विश्वभर नै हुने गर्छ । यसलाई रोक्न सकिदैन र रोक्न आवश्यक पनि छैन ।’

मेनपावर व्यवसायीलाई किन नसमाएको भनेर प्रश्न आइरहने गरेको छ । तर, आफु कानुनी रुपमा नै सुधार गर्ने र अवैध बाटोबाट आएको पैसा रोक्ने गरी काम गरिरहेको मन्त्री अर्यालले बताए ।

कार्यक्रममा मेनपावर व्यवसायीले ‘फ्रि भिसा, फ्रि टिकट’मा विदेश पठाउने विषयमा अब सरकारले पुनर्विचार गर्नु पर्ने बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका  अध्यक्ष राजेन्द्र भण्डारीले ५८ लाख विदेश नेपाली विदेश गएका र त्यस मध्ये करिब ३८ लाख नेपाल फर्किएका बताए ।

उनले भने, ‘वैदेशिक रोजगारीमा फ्रि भिषा र फ्रि टिकटमा विदेश पठाउने विषयलाई सरकारले पुनरविचार गर्नु पर्यो । निशुल्कभन्दा पनि वैज्ञानिक तरिकाले वैदेशिक रोजगारीमा जानेहरुको शुल्क निर्धारण गरौं । यसो गर्दा अहिले तुलनामा वैदेशिक रोजगारीको क्षेत्रबाट ५ गुणा राजस्व उठ्छ । मागपत्र प्रमाणीकरण नहुदा बेथिति बढेको छ । सरकराले यि कुरामा पनि ध्यान दिनुपर्छ । जापान, इजलास र कोरिया बाहेकका देशमा व्यवसायीलाई पनि रोजगारीका लागि कामदार पठाउन दिनुपर्यो । कन्सटेन्सीलगायतले अवैध तरिकाले वैदेशी रोजगारीमा कामदार पठाइरहेका छन । त्यो रोक्नु पर्यो ।

संघका तत्कालिन अध्यक्ष तथा संसाद एलपी साँवा लिम्बुले विदेश रोजगारीका लागि जाने प्रचलन विश्व भर नै रहेको बताए ।

उनले भने, ‘विश्व भरका मान्छेहरु रोजगारीका लागि विभिन्न देश जाने गरेका छन । ११ सय ९ अर्ब रेमिटेन्स विश्वभर नै घुमिरेको छ । भारतबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने गरका छन । त्यहाँ १४८ खर्ब रेमिटेन्स आउदो रहेछ ।’

 

The post व्यवसायीले काम गर्न सहज वातावरण निर्माण गरिदैंछ: मन्त्री अर्याल first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न