विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

१३ असोज, काठमाडौं । आज विश्व मुटु दिवस, २०२४ को अवसरमा एनएमबि बैंक लिमिटेडले आफ्ना बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वास्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्त्वपूर्ण जानकारीहरू उपलब्ध गराए ।

साथै, यसै कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्त्व बारे जानकारी प्रवाह गरिएको थियो ।

The post विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन first appeared on Khabar Breaking.

  • Related Posts

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    २५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।…

    Read more

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    २५ असोज, काठमाडौं । हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (बडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा सुरु…

    Read more

    Leave a Reply

    You Missed

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 13 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 13 views

    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    • By
    • October 10, 2024
    • 10 views
    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    Post Title

    • By
    • October 10, 2024
    • 7 views

    मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

    • By
    • October 10, 2024
    • 13 views

    उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगको गठन  

    • By
    • October 9, 2024
    • 15 views