२७ कात्तिक,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ११ बजे बस्न लागेको हो ।
सोमबार पनि मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न बैठक बसेको थियो । सो बैठकमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने विषयमा सहमति जुट्न सकेको थिएन ।
मन्त्रिपरिषद्को बैठकले गत आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो । आजको बोर्ड बैठकमा यही विषयमा छलफल हुन लागेको बुझिएको छ ।
The post विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्दै first appeared on Khabar Breaking.