वाणिज्य बैंकहरुले कमाए ६४ अर्बभन्दा बढी नाफा

 

२१ साउन , काठमाडौं । वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०८०/८१ को औसत नाफामा वृद्धि भएको छ। बैंकहरुले प्रकाशित गरेका वित्तीय प्रतिवेदन अनुसार बैंकहरुले असार मसान्तसम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष २० वटा वाणिज्य बैंकले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

तर सबै बैंकहरुले नाफा बढाएका भने होइनन् । १० वटा बैंकले नाफा बढाउँदा बाँकी १० वटा बैंकको नाफामा भने गिरावट आएको छ । नाफा कमाउने बैंकहरुमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकको नाफा बढेको छ । यस्तै नाफा बढाउनेमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंक रहेको छ ।

त्यस्तै, नाफा घट्नेमा ग्लोबल आइएमइ बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एनएमबी बैंक, नेपाल बैंक, एनआइशी एशिया बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंक रहेको छ ।

नबिल बैंक नाफाका आधारमा पहिलो स्थानमा रहेको छ । यो बैंक सबैभन्दा धेरै खुद नाफा कमाउने बैंक बनेको छ । यसले ७ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्ष (२०७९/८०) को तुलनामा १०.२३ प्रतिशत धेरै हो ।

दोस्रो बढी नाफा ग्लोबल आइएमई बैंकको देखिएको छ । यसको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा कम भए पनि समग्र बैंकहरुमा नाफाका आधारमा दोस्रो नाफा कमाएको विवरणमा देखिन्छ । ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड नाफा कमाएको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा गत वर्ष यसको खुद नाफा भने १०.१३ प्रतिशत घटेको हो ।

तेस्रो बढी नाफा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको देखिएको छ । यस बैंकले ५ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ ।यसको नाफा ३९.७१ प्रतिशतले बढेको हो ।

चौथो नम्बरमा प्रभु बैंक परेको छ । यस बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १४ सय ९९ प्रतिशतले नाफा बढाएको हो । नाफाको वृद्धिदर भने यसको बढी छ । तर खुद नाफामा भने प्रभु चौथो नम्बरमा छ ।

पाँचौँ नम्बरमा परेको प्राइमले ३ अर्ब ७७ करोड रुपैयाँ कमाउँदा छैटौँ नम्बरमा परेको एभरेष्ट बैंकले ३ अर्ब ७० करोड नाफा आर्जन गरेको छ । नाफाका आधारमा सातौँ नम्बरमा कृषि विकास बैंक छ भने राष्ट्रिय वाणिज्य बैंक आठौँ नम्बरमा छ ।

त्यस्तै, सबैभन्दा कम नाफा कमाउने  माछापुच्छ्रे बैंकको नाफामा  अघिल्लो वर्षको तुलनामा २३.०९ प्रतिशतले गिरावट आएको छ । असार मसान्तसम्म यस बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ ।

 

The post वाणिज्य बैंकहरुले कमाए ६४ अर्बभन्दा बढी नाफा first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न