वर्ल्डलिंक र फिनफण्ड बीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

१३ मंसिर, काठमाडौं । फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।  विकासशील मुलुकहरूमा लगानी गर्ने फिनल्यान्डको सरकारी कम्पनी फिनफन्डले वर्ल्डलिंकमा १ करोड युरो अर्थात् करिब १ अर्ब ४३ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

 

फिनफन्ड फिनल्यान्डको विकास वित्त प्रदायक तथा इम्प्याक्ट इन्भेस्टर हो । उसले विश्वव्यापी विकास चुनौतीको समाधान गर्ने क्षेत्रमा विकासशील मुलुकहरूमा लगानी गर्ने जनाएको छ । फिनफन्डले हरेक वर्ष २० देखि २० करोड युरो लगानी गर्ने गरेको जनाएको छ । उसले हालसम्म १ अर्ब २२ करोड युरो लगानी गरिसकेको र त्यसमध्ये आधा अफ्रिकामा भएको पनि जनाएको छ । ३० वर्ष पुरानो कम्पनीको हालको मूल्यांकन ३० अर्ब रुपैयाँ छ । कम्पनीले तेस्रो चरणको विदेशी लगानीअन्तर्गत फिनफन्डको लगानी भित्र्याएको हो ।

 

फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिने वल्र्डलिंकले जनाएको छ । ‘नेपालको झन्डै आधा जनसंख्या ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाहिर रहेको, शहरी र ग्रामीण क्षेत्रमा उल्लेखनीय असमानता रहेको सन्दर्भमा यो लगानीबाट खुल्ने विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्‍याउनेछ,’ वल्र्डलिंकले जनाएको छ ।

 

 

 

The post वर्ल्डलिंक र फिनफण्ड बीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर first appeared on Khabar Breaking.

  • Related Posts

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    २१ मंसिर , काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज बिहान काठमाडौं आइपुगेका छन् । निजी भ्रमणको सिलसिलामा यहाँ आएका उनले काठमाडौंमा  स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र…

    Read more

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    २१ मंसिर , काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९औँ साधारणसभा तथा अधिवेशन शुरु भएको छ। मंसिर २० र २१ गते हुने यस अधिवेशनको सन्दर्भमा पूँजीबजार लगायत समग्र अर्थतन्त्र…

    Read more

    Leave a Reply

    You Missed

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    • By
    • December 6, 2024
    • 7 views

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    • By
    • December 6, 2024
    • 7 views

    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    • By
    • December 5, 2024
    • 7 views
    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    शिक्षा समितिको बैठक आज बस्दैँ

    • By
    • December 5, 2024
    • 7 views

    प्राइम कमर्सियल बैंकको ५% लाभांश सत्रौं साधारणसभाबाट पारित

    • By
    • December 5, 2024
    • 7 views

    Profile and Interviews: Ganpati Bappa Morya 🥹❤️🙏 #ganpatibappamorya #ganeshchaturti #bappa #balganesh #trending