२० भदौं, काठमाडौ । आज पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । आजको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने र नेतृत्वले जवाफ दिनेछन् ।
यस्तै आजको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे पनि छलफल हुनेछ । हिजोदेखि सुरु भएको बैठकको पहिलो दिन संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन नेताहरूले माग गरेका थिए ।
The post (लोसपा)नेपालको कार्यकारिणी समितिको बैठक बस्दै first appeared on Khabar Breaking.