लोकतन्त्रको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः शंकर पोखरेल

१५ साउन, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेकाले थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताएका छन ।

मंगलबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन । सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने भएकाले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको उनको भनाइ छ ।

उनले लोकतन्त्रको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएको बताए । राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि एमाले र कांग्रेस मिल्नु परेको उनको भनाई छ । राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो । त्यसको अन्त्य गर्न संविधान संशोधन आवश्यक छ । एक्लै नसकिने भएकाले कांग्रेसको साथ खोजिएको हो, उनले भने ।

The post लोकतन्त्रको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः शंकर पोखरेल first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    १९ मंसिर , काठमाडौं  नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल…

    Read more

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    १९ मंसिर , काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी  वर्ल्डलिंकले आफ्ना २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरेको जानकारी दिएको छ।वर्ल्डलिंक विगत २९ वर्षदेखि…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    • By
    • December 4, 2024
    • 8 views

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    • By
    • December 4, 2024
    • 8 views

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 4, 2024
    • 2 views
    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस

    • By
    • December 4, 2024
    • 8 views

    दुई वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 4, 2024
    • 8 views

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    • By
    • December 4, 2024
    • 8 views