लागुऔषध विरुद्ध चेतना जगाउन विविध कार्यक्रम गरी मनाइँदै

१२ असार, काठमाडौं । आज विविध कार्यक्रम गरी लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ ।गृह मन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले आज विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछ ।

दिवसका अवसरमा मन्त्रालयले विभिन्न संघसंस्थाको सहभागितामा काठमाडौंमा प्रभातफेरि निकालेको छ । प्रभातफेरिमा गृहमन्त्री रवि लामिछानेसहित प्रहरीका उच्च अधिकृत सहभागी थिए ।गृह मन्त्रालयको सर्वेक्षण अनुसार नेपालमा दुर्व्यसनीको संख्या ५ दशमलव ०६ प्रतिशतले वृद्धि भइरहेको छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन औसतमा १८ जना लागु औषध कारोबारी पक्राउ पर्ने गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाले ७ डिसेम्बर १९८७ मा प्रत्येक वर्ष जुन २६ लाई लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

The post लागुऔषध विरुद्ध चेतना जगाउन विविध कार्यक्रम गरी मनाइँदै first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न