ललितपुर महानगरले मनायो भब्यरुपमा १०७औँ स्थापना दिवस

0
8

२ पुष,काठमाडौँ। ललितपुर महानगरपालिकाले १०७औँ स्थापना दिवस मनाएको छ । आज विशेष समारोहकाबीच महानगरपालिकाले स्थापना दिवस मनाएको छ ।समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका थिए । विभिन्न सांस्कृतिक प्रस्तुतिसहित दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ ।

 

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत अघि बढाउन निर्वाचनको विकल्प नभएको बताउनु भएको थियो । उहाँले सरकारले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको दाबी गर्नु भएको थियो ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जेन जेडहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाउनु भएको थियो ।

उहाँले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावना अनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको तर जेन जेडहरुले निर्वाचन हुनै नदिने स्वर निकालिरहेको भन्दै आपत्ति जनाउनु भएको थियो ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here