

रोटरी इन्टरनेशनल डिष्टिक्ट-३२९२ ले १७औं ‘डिष्टिक्ट कन्फरेन्स’ आयोजना गर्ने
५ चैत, काठमाडौं । रोटरी इन्टरनेशनल डिष्टिक्ट ३२९२ ले १७औं डिष्टिक्ट कन्फरेन्स आयोजना गर्ने भएको छ। यही चैत ८ गतेदेखि १० गतेसम्म (मार्च २१- २३, २०२५ ) ललितपुरमा हुने यस सम्मेलनमा नेपालका १५७ रोटरी क्लवहरू र भुटानको १ रोटरी क्लवका समेत गरि करिब १,२०० रोटेरियनहरू सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
उक्त अवसरमा डिष्टिक्ट ३२९२ का डिष्टिक्ट गभर्नर रोटरियन राजेन्द्रमान शेरचनले यस महासम्मेलनले ज्ञान आदानप्रदान, अनुभव साझेदारी तथा सामुदायिक स्तरमा रोटरी सचेतना अभिवृद्धि तथा सेवा परियोजनाहरू सञ्चालनका लागि समस्या समाधानका रणनीतिहरूको छलफल गर्न मद्दत पुर्याउने जानकारी दिए।
त्यस्तै , सम्मेलनमा रोटरी इन्टरनेशनलका अध्यक्षको प्रतिनिधिद्वारा सम्बोधन हुने उनले बताए । महासम्मेलनले भावी कार्यदिशा निर्धारण गर्न पनि पुर्याउनेछ। सम्मेलनको समुद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नेछन् ।
रोटरी इन्टरनेशनन डिष्ट्रिक्ट ३२९२ नेपाल-भूटान (RID ३२९२ ) ले विगत वर्षभरि हासिल गरेका स्रोत परिचालन, सदस्यता वृद्धि, सेवामुलक परियोजना कार्यान्वयन तथा कार्यक्रमिक सफलता हासिल गरेको कार्यक्रममा जानकारी दिइयो। यसले मानवीय सेवामा समर्पणभाव र सामुदायिक विकास प्रति रोटरीको प्रतिबद्धतालाई झल्काउने संवद्ध रोटरियनहरुले बताए ।
समाजका विभिन्न क्षेत्रमा सफल नेतृत्चवर्गद्वारा संचालित रोटरी संस्थाहरू मानवीय सेवा प्रदान गर्ने, उच्च नैतिकता तथा सदाचारका मापदण्डहरू कायम गर्ने र विश्वभर सद्भाव तथा शान्ति फैलाउने लक्ष्य राखेर संचालित छन् । नेपाल र भुटानमा RID ३२९२ अन्तर्गतका रोटरी क्लबले रोग निवारण, शुद्ध खानेपानी र सरसफाइ, आमाहरू तथा बालवालिकाको स्वास्थ्यमा सुधार , शान्ति प्रवर्द्धन, शिक्षा, आर्थिक विकास र पर्याववरण जस्ता क्षेत्रहरूमा दुर्गम तथा सुविधाविहीन जनतालाई सेवा पुग्नेगरी प्रभावकारी परियोजनाहरु कार्यान्वयन गरिरहेको छ। यी परियोजनाहरु स्थानीय आवश्यकताहरुबाट निर्देशित भएर स्थानीय स्वयंसेवीहरुद्वारा संचालन हुन्छन् ।