रुपन्देही–१ मा युवाको भरोसा प्रज्जवल बोहराको जितमा

0
23

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। यसपटकको निर्वाचनमा विकासप्रेमी, क्षमतावान र इमानदार युवा नेताका रूपमा प्रज्जवल बोहराको उपस्थितिलाई स्थानीयले सुखद सन्देशका रूपमा लिएका छन्। विशेषगरी युवापुस्ता प्रज्जवल बोहराको जितलाई लिएर उत्साहित देखिएको छ।

स्थानीय हरि शर्माका अनुसार यस क्षेत्रमा अब भाषण होइन, काम गरेर देखाउने नेता आवश्यक थियो। “हामीले प्रज्जवल बोहरा जस्तो ऊर्जा, दृष्टि र इमानदारी बोकेको युवा नेता पाएका छौँ। उहाँको जित रुपन्देही–१ को भविष्यसँग जोडिएको छ,” उनले भने। शर्माले सबै मतदातालाई चुनाव चिन्ह हलो मा मतदान गरेर भारी मतका साथ विजयी गराउन आग्रह गरे।

त्यस्तै, स्थानीय सिता बस्नेत पनि प्रज्जवल बोहराको पक्षमा खुलेर उभिएकी छन्। “रुपन्देही क्षेत्र नम्बर १ अहिले हलोमय भएको छ। विकासलाई प्राथमिकतामा राख्ने नेता जित्नै पर्छ,” उनको भनाइ छ। उनका अनुसार जनताको अपेक्षा बुझ्ने र परिणाम दिन सक्ने नेतृत्वको रूपमा बोहरा स्थापित हुँदै गएका छन्।

पूर्वमन्त्री दीपक बोहोराका छोरा प्रज्जवल बोहराले पारिवारिक राजनीतिक अनुभवसँगै आफ्नै पहिचान र कार्यशैलीमार्फत जनताको विश्वास जित्न थालेका छन्। युवा, किसान, मजदुर र उद्यमीको मुद्दालाई केन्द्रमा राखेर अघि बढिरहेका बोहराको अभियानलाई स्थानीयस्तरमा व्यापक समर्थन मिलिरहेको छ।

रुपन्देही क्षेत्र नम्बर १ मा अब चुनाव केवल प्रतिस्पर्धा होइन, विकास र परिवर्तनको जनमतसंग्रहजस्तै बनेको छ। मतदाताको नजर हलो चिन्हमा केन्द्रित हुँदै गएको छ, र युवाको भरोसा प्रज्जवल बोहराको जितमा जोडिँदै गएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here