रियलमीको डिलर्स मीट सम्पन्न

१७ भदौ, काठमाडौ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मीट सफलतापूर्वक सम्पन्न गरेको छ । गत शुक्रबार भाद्र १४ गते काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मीटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरु सहभागी भएका थिए ।

आफ्ना डिलरहरुसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिलर्स मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिलर्सहरुसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

डिलर्स मीटलाई सम्बोधन गर्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च, मुनिश गिरी ज्यूले भने, ‘हाम्रो छैठौं वार्षिकोत्सव एवम् वार्षिक डिलर्स मीटको अवसरमा यसरी भेटघाट हुन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । यहाँ उपस्थित हुनु भएका समस्त डिलर्सहरु, साझेदारहरू र फ्यानहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । तपाईंहरु नै हाम्रो ब्रान्डको मेरुदण्ड हो र तपाईंहरुको उत्साह, विश्वास र लगनशीलताको प्रतिफल स्वरुप यो वर्ष हामीले उल्लेखनीय उपलब्धिहरु हासिल गरेका छौँ । साथै, हामीले भारत र नेपालभर रियलमीको उपस्थितिलाई अझ बलियो बनाएका छौं, र तपाईंहरुको निरन्तर सहयोगले हामी आगामी वर्षहरूमा अझ ठूलो उचाइमा पुग्नछौँ र नेपाली प्रविधिमा नयाँ आयाम थप्दै अझै प्रतिबद्ध भएर अगाडि बढ्नेछौँ ।’

डिलर्स मिटको शुरुवात भावपूर्ण गणेश वन्दना नृत्यबाट गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीहरुका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोलीको पनि उपस्थति रहेको थियो । कार्यक्रमको अन्त्यमा तिगडी ब्यान्डले अविस्मरणीय सांगीतिक प्रस्तुति दिएको थियो ।

The post रियलमीको डिलर्स मीट सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न