रास्वपा केन्द्रीय परिषदको भेला आज समापन हुने

२ असोज , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको काठमाडौंमा जारी राष्ट्रिय सम्मेलन  आज समापन हुँदैछ । रास्वपाका सभापति रवि लामिछानेसहित सबै प्रतिनिधिले ‘घण्टी’ बजाएर मंगलबार (१ असोज) उद्घाटन गरिएको भेलामा देशभर र प्रवाससमेतका गरि १ हजार ५ सय बढी प्रतिनिधि सहभागी छन् ।

सम्मेलनको पहिलो दिन हिजो प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका छन् । कोशीका सभापित राजेश तिमल्सिना, मधेसका तपेश्वर यादव, बागमतीका अच्चुतम लामिछाने, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्टले विचार, संगठन, कार्यशैली र जनसरोकारका मुद्दामा पार्टीले लिनु पर्ने नीतिबारे पनि सुझाव दिएका थिए ।

हिजो नै ‘ओपन सेसन’अन्तर्गत कम्तिमा ५० जना प्रतिनिधिले धारणा राखेका थिए । उनीहरूले नेतृत्वको रक्षा गर्नुपर्ने, सभापतिलाई सहज हुने गरि टीम बनाउन दिनुपर्ने, पार्टी विस्तारलाई तीव्रता दिनुपर्ने, तल्लोस्तरका संगठन बलियो बनाउनुपर्ने, केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने, समितिहरू समावेशी हुनुपर्ने, पुराना दलको जस्तो सोच र कार्यशैली हुन नहुनेलगायत सुझाव दिएका थिए ।

त्यस्तै , कोषाध्यक्ष लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सदस्यता शुल्क स्वेच्छिक बनाउँदा पार्टीको श्रोत घटेको तथ्य राखिएको प्रतिवेदनमा आर्थिक सुदृढीकरणका लागि ’पार्टी पिलर’को अवधारणा अघि सारिएको छ ।त्यससँगै , अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन पेश गरे ।

यस्तै, उपसभापति स्वर्णिम वाग्लेले ’नीति–विचार’ प्रतिवेदन पेश गरे। वाग्लेले २०८० मंसिरमा जलेश्वर बैठकले पारित गरेको ’नीति–विचार’ प्रस्तावनाको संक्षिप्त व्याख्यासहित प्रतिवेदन पेश गरेका हुन् । उनले संक्षिप्त प्रतिवेदन छलफलमा लैजाने र पहिलो महाधिवेशनबाट पूर्णता दिइने जानकारी पनि दिए । २०८२ को बैशाखमा महाधिवेशन गर्ने रास्वपाको प्रस्ताव छ ।

भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी विधान संशोधनको प्रस्ताव पेश गरे। प्रस्तावमा एक–एक महिलासहित ३÷३ जना उपसभापति र सहमहामन्त्री प्रस्ताव गरिएको छ। कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव पनि गरिएको छ ।

रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागले भेला स्थलमै संयोजन गरेको रक्तदानमा ९२ जनाले रक्तदान गरेका छन् । भेलास्थलमा स्वदेशी उत्पादनको प्रदर्शनी/बिक्री कक्ष पनि राखिएको छ ।

सम्मेलनको दोस्रो दिन आज प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ । आज नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै सम्मेलनको समापन हुनेछ ।

The post रास्वपा केन्द्रीय परिषदको भेला आज समापन हुने first appeared on Khabar Breaking.

  • Related Posts

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    २५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।…

    Read more

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    २५ असोज, काठमाडौं । हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (बडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा सुरु…

    Read more

    Leave a Reply

    You Missed

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 14 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 14 views

    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    • By
    • October 10, 2024
    • 10 views
    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    Post Title

    • By
    • October 10, 2024
    • 7 views

    मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

    • By
    • October 10, 2024
    • 13 views

    उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगको गठन  

    • By
    • October 9, 2024
    • 15 views