२३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन् । शनिबार (२२ भदौ ) काठमाडौंमा आयोजित एक कार्यक्रम लाई सम्बोधन गर्दै उपसभापति अर्यालले रास्वपाको सफलता देखेर लखेट्ने काम भएको बताएका हुन ।
उनले रास्वपाप्रति जस्तो टीकाटिप्पणी भए पनि पार्टी स्थापनाका समयमा गरेका प्रतिबद्धतालाई नभुलेको र थप परिस्कृत भएर अघि बढेको उल्लेख गरे । उपसभापति अर्यालले रास्वपा अरु पार्टीभन्दा धेरै भिन्न रहेको र यसको नीति र योजना स्पष्ट रहेको जिकिर गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि योगदान दिने उनले प्रतिबद्धता जनाए । अर्यालले देश बनाउने रास्वापको अभियान संविधानभित्र टेकेर अघि बढाइने बताए ।
The post ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल first appeared on Khabar Breaking.