रास्वपाले पार्टीका नेताहरुको रणनीतिक सक्षमताको लागी सघन प्रशिक्षण गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीबार (१० साउन) पार्टी कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले  पार्टी, पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षण आयोजना गर्ने भएको छ। यसलाई “क्लोज क्याम्प” नाम दिइएको कार्यवाहक प्रवक्ता मनिष  झाले जानकारी दिएका छन्।

बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका कार्यदल बनाउने निर्णय गरेको छ। कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहेको कार्यदल गठन गरेको हो।

कार्यदलको सदस्यमा सोबिता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम,  नारायण घिमिरे र शंकर श्रेष्ठ रहेका छन्।

यसअघि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले पनि विधान संशोधन कार्यदल बनाएको थियो। संयोजक रहेका महामन्त्री डा. मुकुल ढकाल निलम्बनमा परेपछि कार्यदल हेरफेर भएको हो।

बैठकले भदौको दोस्रो साता कर्णाली विशेष अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

उक्त अभियानमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने निर्णय भएको कार्यबाहक प्रवक्ता मनीष झाले जानजकारी दिए। अभियान सम्बन्धी कार्ययोजना सहप्रवक्ता विपिनकुमार आचार्यले तयार पार्ने निर्णय गरिएको छ।

हिजोको बैठकले पार्टीको केन्द्रीय विभागहरूमा विभिन्न मितिमा मनोनीत सदस्यहरूलाई अनुमोदन गर्ने निर्णय गरेको झाले बताएका छन्।

केन्द्रीय सदस्यबाट अल्पकालीन राजीनामा दिएका अरनिको पाँडेलाई केन्द्रीय समिति सदस्यमा पुनर्बहाली गर्ने निर्णय पनि आजको बैठकले गरेका थिए। उनी राष्ट्रिय योजना आयोगका सदस्य हुँदा पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए। आयोगको सदस्यबाट हटेपछि केन्द्रीय समितिमा फर्किएका हुन्।

पार्टी सचिवालयले विभिन्न मितिहरूमा गरेका निर्णयहरूलाई अनुमोदन गरेको झाले बताए।

त्यस्तै ,पार्टीका सम्बन्धमा सार्वजनिक बहसमा आएका सबै उपयुक्त विषयहरूमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको रास्वपाको विज्ञप्तिमा उल्लेख छ।

 

The post रास्वपाले पार्टीका नेताहरुको रणनीतिक सक्षमताको लागी सघन प्रशिक्षण गर्ने first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न