
रास्वपाको केन्द्रिय समितिको बैठक आज बस्दै
४ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैँछ । बिहिबार दिउँसो ३ः०० बजे पार्टी केन्द्रिय कार्यालय, बनस्थलीमा बस्ने गरी कार्यवाहक सभापति डीपी अर्यालले बैठक आब्हान गर्नु भएको हो ।
बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यबहाक प्रवक्ता मनीष झाले जानकारी दिनु भयो । उहाँका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।