राष्ट्र संरक्षण साप्ताहिकको १७ औं वार्षिकोत्सव सम्पन्न

२ भाद्र,काठमाण्डौ । संघीय बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मुलुकमा विकासका कार्यहरु आफ्नो कार्यकालमा सफलता पूर्वक योजनावद्ध कार्यहरु गर्दैजाने बताउनु भएको छ । शनिवार राष्ट्र संरक्षण साप्ताहिकको १७ औं बार्षिकोत्सव समारोहमा बोल्दै यस्तो बताउनु भएको हो । बन तथा वातावरणभित्र प्रदुषण बढाउने वस्तुहरुको निषेध गर्न मन्त्रालयले कार्य अघी बढाएको पनि मन्त्री शाही ठकुरीले बताउनुभयो । समारोहमा पूर्व श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं संविधानसभा सदस्य शेर बहादुर कुंवरले राष्ट्र संरक्षण साप्ताहिकको १७ औं वार्षिकोत्सव सफलताकासाथ सम्पन्न होस् र आगामी दिनहरुमा पनि यस साप्ताहिकले जनतामा स्वच्छ र स्वतन्त्र समाचार सुसुचित गर्न सकोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । विशेष अतिथिकै आसनबाट राजनीतिक विष्लेशक प्रा डा सुरेन्द्र केसीले राष्ट्र संरक्षण साप्ताहिक नामै काफी छ, जसको नाम सुन्दैमा आनन्द आउंछ तर, यो साप्ताहिकको नाम आजैमात्र सुन्नमा आयो निकै पटक मलाई डा के बि सम्राटले पत्रिका दिनुभएको हो तर, मैले हेका राख्न सकिनछु । मुलुकमा तेरो मेरो भन्दाभन्दै संविधान जनतासामु ल्याएको यत्रो वर्ष वित्दा पनि संविधानले दिएको दस्तावेजहरु कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गर्दै साप्ताहिकको १७ औं वार्षिकोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो । अतिथि ऋषि लोहनीले स्वास्थ्य क्षेत्रका धेरै व्यक्तिहरुसंग आज यस गरिमामय कार्यक्रमा भेट्न पाउंदा खुशी व्यक्त गर्दै योग र ध्यानभन्दा अर्को जीवन नभएकोमा गर्व गर्नुभयो । सबैलाई म मेरो घरबाट या मबाट उत्सर्जन भएका फोहोरहरु बाटोमा, सार्वजनिकस्थानमा, नजिक रहेको छिमेकीको खाली जग्गामा लुकेर फाल्ने छैन, यदी फालेमा घरका कुलदेवता, पितृ देवता, इष्ट देवता र ग्रामदेवताले हामीलाई सत्यनास गरुन भनि प्रण गरानु भएको थियो । काठमाण्डौं महानगरप्रमुख बालेन्द्र शाह एक्लै काठमाण्डौ महानगर सफा गर्न सक्नुहुन्न हामी सबै जुट्यौ भनेमात्र सफल हुन सक्छौं । यो हामीबाट सम्भव छ भन्नुभयो । समारोहमा सांस्कृतिक नृत्य निर्देशक कलाकार मनिषा राई लगायतका कलाकार रोशनी भुषाल, सुहाना खड्का र प्रशंसा भुषालले प्रदर्शन गरेका थिए भने सहयोगी ब्यक्तित्वहरुलाई मायाको चिनो वितरण गरिएको थियो । प्रमुख अतिथि विशेष अतिथि एवं अतिथिहरुलाई कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियो । वार्षिकोत्सब कार्यक्रमको सन्चालन सन्चारकर्मी एवं समाजसेवी दिपक सापकोटाले गर्नुभएको थियो । राष्ट्र संरक्षण साप्ताहिकका सम्पादकरप्रकाशक वरिष्ठ समाजसेवी सह प्राध्यापक डा के बि सम्राटको सभापतित्वमा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको थियो । अतिथिहरुमा पुर्व राज्यमन्त्री हस्त बहादुर मल्ल, प्राज्ञ उन्नति बोहोरा (शिला), राजनीतिक विष्लेशक प्रा। डा। सुरेन्द्र के।सी। को विशेष आतिथ्यता थियो । कैलाश पर्वत आयुर्वेदिक प्राकृतिक उपचारक राजन प्रसाद घिमिरे, वरिष्ठ शिक्षाविद संगिता सिलवाल, वरिष्ठ धार्मिक तथा आध्यात्मिक व्यक्तित्व तथा वरिष्ठ समाजसेवी निल बहादुर राई, पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रिय सदस्य एवं धार्मिक ब्यक्तित्व माता भद्रकाली, पूर्व प्रशासक एवं स्वास्थ्य विज्ञ डा। दीर्घ सिंह बम, योगाचार्य गुरु ऋषि लोहनी, महिला उद्यमी तथा सौन्दर्यवीद सुष्मा महरा, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव एवं फरकधार साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक महेशजंग कुंवरलगायतका थिए ।
वार्षिकोत्सवमा विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, राजनीतिककर्मी, सर्वसाधारण महानुभावहरुको बाक्लो उपस्थिति थियो । सो समारोहमा विभिन्न बिधामा योगदान पुराउनु हुने स्रष्टाहरुलाई साप्ताहिकले सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा प्राज्ञ उन्नती बोहोरा (शीला), पूर्व प्रशासक एवं स्वास्थ्य विज्ञ डा। दीर्घ सिंह बम, पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रिय सदस्य एवं धार्मिक ब्यक्तित्व माता भद्रकाली, स्वास्थ्य क्षेत्रमा योगदान पुराउनु हुने प्राकृतिक उपचारक राजन प्रसाद घिमिरे, शिक्षा क्षेत्रमा योगदान पुराउनु हुने शिक्षाविद संगीता सिलवाल, नेपालकै पहिलो अकुपन्चर विशेषज्ञ डा।सुरज कर्माचार्य, स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव एवं फरकधार साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक महेश जङ्ग कुंवर, नार्कोनन नेपालकी निर्देशक पूजा कुंवर, पर्यटन ब्यवसायी तथा समाजसेवी शोभा गुरुङ, ढाका उद्योगकी प्रवन्ध निर्देशक एवं समाजसेवी कल्पना योंगहांग लिम्बु, वरिष्ठ गहना तथा आभुषण व्यवसायी मणिरत्न शाक्य, वरिष्ठ अधिवक्ता एवं समाजसेवी तारा प्रसाद त्रिपाठी, समाजसेवी प्रविण सिवाकोटी, वरिष्ठ सञ्चारकर्मी एवं कलाकार विष्णु गैरे, संवाद क्लब नेपालका संस्थापक अध्यक्ष एवं पत्रकार श्री राम प्रसाद गैरे, सफल पोल्टी व्यवसायी एवं समाजसेवी राम महर्जन, पर्यटन व्यवसायी भविश्वर शर्मा, समाजसेवी मधु क्षत्री, समाजसेवी महेन्द्र खनाल, समाजसेवी कुमार खत्री, समाजसेवी सुलोचना गौतमलगायतका प्रतिष्ठित व्यक्तित्वहरु सम्मानित भएका थिए ।

The post राष्ट्र संरक्षण साप्ताहिकको १७ औं वार्षिकोत्सव सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 7 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 7 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 1 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views