
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
२० माघ, काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ