२० भदौं, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको हो ।
यस ‘आरबीबी शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु ५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।
The post राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा सार्वजनिक, १ करोड रुपैयाँसम्म ऋण पाइने first appeared on Khabar Breaking.