राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षहरुको भेला काठमाडौंमा सम्पन्न

काठमाडौं । काठमाडौंमा सम्पन्न भएको  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दुई दिने जिल्ला अध्यक्षहरुको भेलाले जनचाहना र कार्यकर्ताको भावनाअनुरुप पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । भेला यही साउन १७ र १८ गते भएको थियो ।
 राप्रपाका  प्रवक्ता मोहन श्रेष्ठले सबल र सुदृढ राप्रपा बनाउने साझा र शक्तिशाली संकल्प  जिल्ला अध्यक्षहरुको बैठकले गरेको  बताए । ‘यो भेलाले पार्टी संगठनलाई चुस्त दुरुस्त राख्दै २०८४ को निर्वाचनको तयारीमा लाग्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ । सुस्त भएको पार्टी संगठनलाई चलायमान बनाउनुपर्छ भन्ने उद्देश्यले भेला राखेका थियौं, यो भेलाले पार्टीमा उत्साह थपेको छ’ ,उनले भने।

आगामी निर्वाचन र पार्टीको महाधिवेशन एउटै समयमा पर्ने भएकाले त्यहीअनुसार तयारी गर्न पार्टी पंक्तिलाई भेलाले निर्देश गरेको छ । निर्वाचनलाई ध्यान दिएर अधिवेशनहरुलाई चाँडै सक्ने लक्ष्य पार्टीले लिएको छ ।

२०८२ बैशाख मसान्तसम्म हरेक स्थानीय तहको अधिवेशन सक्ने लक्ष्य लिएको छ । सक्रिय सदस्यता वितरण र पार्टी प्रवेशलाई अभियानकै रुपमा लानुपर्नेमा नेताहरुको जोड छ ।

‘राजेन्द्र लिङदेन पार्टीको अध्यक्ष भइसकेपछि एक सीटबाट १४ सीटमा पुगेको छ । त्यसलाई जोगाउँदै पार्टीभित्रको असन्तुष्टिलाई पनि सम्बोधन गर्दै अघि बढ्नुपर्ने चुनौती छ’, राप्रपाका एक नेताले भने, ‘पार्टी सञ्चालनको क्रममा सांगठनिक कमीकमजोरी छन् भन्ने कुरा पनि आएको छ । त्यसलाई सच्याउन दबाब पनि छ ।’

त्यस्तै , अहिलेको सरकार गठन राम्रो मनसायले नभएको भेलाले निष्कर्ष निकालेको छ । भेलाको निष्कर्ष छ, ‘विभिन्न काण्डहरुलाई ढाकछोप गर्न नयाँ समीकरण बनेको छ । यसले जनताको अपेक्षाकृत परिणाम दिन सक्दैन । ठूला भनिएका पार्टीहरु दलदलमा फसेको र नयाँ भनिएका पार्टीहरुले जनतामा आशा पैदा गर्न नसकेको अवस्थामा राप्रपाको लागि उर्बर अवसरको रुपमा लिनुपर्छ भन्ने निष्कर्ष रह्यो ।’

भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पनि दुई ठूला पार्टी मिलेपछि समावेशिता र समानुपातिक प्रणाली खतरामा देखिएको टिप्पणी गरेका थिए । उनले बहुदलीय व्यवस्थालाई समाप्त पारेर दुई दलीय व्यवस्था स्थापित गर्ने प्रयत्न भइरहेको भन्दै कांग्रेस-एमालेमात्रै भएको देश कस्तो हुन्छ भन्दै प्रश्न गरे ।

‘अरु दल, नागरिक समाज हुँदा त कांग्रेस-एमालेको देशमा यो प्रकारको बिगबिगी, कांग्रेस-एमालेमात्रै भएको देश कस्तो हुन्छ ? त्यसैले त्यस प्रकारको अधिनायकवादी र सर्वसत्तावादी सोचका विरुद्ध उभिने र जनताको पक्षमा उभिने जिम्मेवारी हामीलाई आएको छ’, अध्यक्ष लिङदेनको भनाइ थियो ।

विगतका चुनावको कमीकमजोरीहरुलाई सच्याउँदै पार्टीको आगामी नेतृत्वमा लिङदेन नै दोहोरिनुपर्नेमा नेताहरुको जोड रहेको राप्रपाले जनाएको छ। राप्रपाको महाधिवेशन २०८३ मंसिरसम्म गरिसक्नु पर्नेछ । भेलामा जिल्ला अध्यक्षहरुले आर्थिक समस्याको कारणले पार्टी चलाउन समस्या भएको गुनासो राखेका थिए । भेलामा निर्वाचनमा पार्टीले गर्ने चुनावी तालमेलको विषयमा समेत ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

The post राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षहरुको भेला काठमाडौंमा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न