राष्ट्रिय आवास विकास कम्पनीको संचित नोक्सान ९ करोड बढी

काठमाडौं । राष्ट्रिय आवास विकास कम्पनी लिमिटेडको संचित नोक्सान रु. ९ करोड ४८ लाख ६२ हजार पुगेको छ। कम्पनीको हालै सम्पन्न भएको आर्थिक वर्ष २०७९/८० को साधारणसभामा प्रस्तुत गरिएको वित्तीय विवरण अनुसार उक्त संस्था पछिल्ला वर्षमा निरन्तर घाटामा संचालन भएको जनाइएको छ।

असार ७ गते सम्पन्न  आवास विकास कम्पनीको उक्त १६औं साधारणसभामा अध्यक्ष संदीप कुमार मिश्रले कम्पनीको समीक्षा आर्थिक वर्षको प्रतिवेदन र आगामी कार्ययोजनाबारे बताएका थिए। अध्यक्ष मिश्रले हाल कम्पनीको फुटकर जग्गा बिक्री कार्य सुचारु भएको र स्थानीय तह सङ्ग समन्वय गरि जग्गा एकीकरण तथा आवासीय कार्यक्रम संचालन गरि भविष्यमा कम्पनी नाफामा संचालन हुने विश्वास व्यक्त गरे।

समीक्षा आ.व.मा अधिकृत पूँजी रु २० करोड र चुक्ता पूँजि रु ५ करोड २० लाख रहेको कम्पनीले प्लट बिक्री लगायतबाट रु. १० करोड ७७ हजार जम्मा आम्दानी गरेको छ भने प्रशासनिक र विकास खर्च रु ११ करोड ६० लाख ८५ हजार गरि खुद नोक्सानी रु. ८४ लाख ८ हजार रहेको छ।

राष्ट्रिय आवास विकास कम्पनी बारे

साविक नेपाल पुनर्वास कम्पनी २०४६ साल फाल्गुण ९ गते ग्रामीण आवास कम्पनी लि. मा परिणत भएपछि कम्पनीलाई आत्मनिर्भर गराउने क्रममा नेपाल सरकार मन्त्रिपरिषद् सचिवालयको मिति २०४९।७२७ गतेको पत्रानुसार नेपाल सरकारबाट आवास तथा बजार क्षेत्र विकास कार्यक्रम संचालन गर्न झापाको कांकरभिट्टामा ६० विगाहा, सर्लाहीको सुखेपोखरीमा १५२ विगाहा, नवलपरासीको बर्दघाटमा ६० विगाहा, नवलपरासीको त्रिवेणीमा ६० विगाहा, कपिलबस्तुको इमिलियामा १८ विगाहा र महोत्तरीको गौरीडाँडामा १८ विगाहा जग्गा उपलब्ध गर्ने निर्णय भएकोमा महोत्तरीको गौरीडाँडाको जग्गा हस्तान्तरण हुन नसकेको र अन्य स्थानमा प्राप्त भएको जग्गामा कम्पनीबाट आवास तथा बजार क्षेत्र विकासको कार्यक्रम संचालन गरिएकोमा कपिलवस्तुको इमिलिया क्षेत्र र सुखेपोखरी सर्लाही क्षेत्रको कार्यक्रम समाप्त भै सकेको एबम् बाँकी क्षेत्रहरूको कार्यक्रम सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ।

कम्पनीको आफ्नो आय श्रोतबाट खरिद गरिएको जग्गा मध्ये झापाको जोरसिमलमा २४ विगाहा र महेशपुरमा २३ विगहा, काभ्रेको पनौतीमा ३८ रोपनी, काभ्रेको धुलिखेलमा ५७ रोपनी, कास्कीको लेखनाथ न.पा. मा ४० रोपनी जग्गामा आबास तथा बजार क्षेत्र विकास कार्यक्रम संचालन गरिएकोमा झापाको महेशपुर, काभ्रेको पनौती र कास्कीको लेखनाथ न.पा. मा कार्यक्रम समाप्त भै सकेको र झापाको जोरसिमल र काभ्रेको धुलिखेल श्रीखण्डपुरमा आवास तथा बजार क्षेत्र विकासको कार्यक्रम संचालन भईरहेको छ ।

पुनर्वास कार्यक्रम २०४६ सालमा सम्पन्न भई पुनर्वास कम्पनीको दायित्व र सम्पती समेत बहन गर्ने गरी २०४६ फाल्गुण ९ गते यस कम्पनीको गठन भएको हो । पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका फुटकर जग्गामा बसिरहेका अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थित गर्न फुटकर जग्गा बिक्री वितरण सम्बन्धी विनियमावली, २०६९ (संशोधन सहित) का आधारमा व्यवस्थापन गरीदै आइरहेको छ। कम्पनीसँग हाल जग्गा धनी दर्ता प्रमाण पुर्जा भएको जग्गा ज.वि. १७२-४-८.७५ र अधिकार क्षेत्र भित्रको फुटकर जग्गा करिव ज.वि. ३०४३ विघा रहेको छ। कम्पनीको केन्द्रीय कार्यालय पुल्चोकको भवन २०७२ को महाभुकम्पले क्षतिग्रस्त भएको हुँदा हाल कम्पनीको केन्द्रीय कार्यालय बुद्धनगर (बहालमा) संचालन हुँदै आएको छ । यस कम्पनीको हाल पाँचवटा (काँकडभिट्टा, काभ्रे, नवलपरासी, बर्दिया र कंचनपुर) योजना कार्यालय संचालनमा रहेका छन् ।

 

The post राष्ट्रिय आवास विकास कम्पनीको संचित नोक्सान ९ करोड बढी first appeared on Khabar Breaking.

  • Related Posts

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    २१ असोज, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको छ । श्रम, रोजगार तथा…

    Read more

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    २१ असोज , काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये थप एक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको…

    Read more

    Leave a Reply

    You Missed

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views

    देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

    • By
    • October 7, 2024
    • 12 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकद्वारा ५१ लाख सहयोग

    • By
    • October 7, 2024
    • 14 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न

    • By
    • October 7, 2024
    • 10 views