राष्ट्रियसभा अन्तर्गत दुई समितिको बैठक बस्दै
१ मंसिर, काठमाडौं । राष्ट्रियसभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने तय भएको छ । सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ । साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ः०० बजे बस्ने तय भएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.