Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल जोशी नियुक्त Breaking News
  • maxresdefault 3
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -220 | 14 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Best of Deepa Narayan Jha Jukebox | Chiya Barima Ho | Jhilmil Sitara | Maya Ke Hola | Kusume Rumal Breaking News
  • रक्सीको कुलत कसरी छुटाउने ? Breaking News
  • जसले आज नै शंका गर्दछ भने उसले भोली उपलब्धी गर्दैन Breaking News
  • maxresdefault 3
    Blind Audition the voice kids Episode 06 Breaking News
  • नयाँ वर्ष 2080 को मंगलमय शुभकामना Breaking News
  • कालज्वरबाट एक जनाको मृत्यु, आठमा संक्रमण Breaking News

रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक विश्वभर आज मनाइँदै

Posted on April 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक विश्वभर आज मनाइँदै

२४ चैत , काठमाडौं । विश्वभरका हुन्दुहरु माझ आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका हिन्दु धर्मावलम्बीहरुको घुइँचो लाग्छ ।

भगवान  विष्णुका  सातौँ अवतारका रूपमा त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा  श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

धर्मशास्त्रअनुसार  भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मंगल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए । धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्त्व रामजस्तै मर्यादित, अनुशासित र कल्याणकारी राज्य व्यवस्थाको आशा गर्नु भएको बताउँछन् । “जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ,” उनले भने ।

त्यस्तै , रामनवमीको महत्त्वका विषयमा गार्ग्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

श्रुतीअनुसार, परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ ।यसैगरी, व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ वास प्राप्त हुने उल्लेख छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

रामचरित्र धार्मिक ग्रन्थमा अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको उल्लेख गरिएको छ।

Breaking News

Post navigation

Previous Post: एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि दोर्जे होजाङस्टाङलाई
Next Post: नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

Related Posts

  • maxresdefault 43
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 792 | 31 Jan, 2023 | Nepali Comedy | Miss Pabi, Surbir | Media Hub Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने Breaking News
  • अध्यक्ष ओली सुखानी जाँदै Breaking News
  • List3 h1PT5hlHzI sGFMBC
    भोलिबाट संसद् अधिवेशन सुरु, आज सांसदको कोरोना परीक्षण गरिने Breaking News
  • americakhabar अमेरिकाको नर्थ क्यारोलिना र फ्लोरिडा राज्यहरुमा घुम्ती शिविर
    अमेरिकाको नर्थ क्यारोलिना र फ्लोरिडा राज्यहरुमा घुम्ती शिविर Breaking News
  • नेपाल प्रहरी भित्र बालुवाटारको नाङगो हस्तक्षेप Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #timrochheuchheuma #musicnepal #nepalisong #newsong Breaking News
  • Yellow And Brown Traditional Minimalist Guru Nanak Jayanti Greeting Instagram Post AMERICA KHABAR January 28, 2025
    Shree Swasthani Brata Katha by Pandit Ram Babu Luitel Bay Area California Culture and Society
  • लोसपा र राप्रपाले स्थानीयस्तरमा गठबन्धन गर्ने Breaking News
  • #pardeshi2 #prakashsaput #prashanttamang #newsong Breaking News
  • नेपाल क्लियरिङ हाउसको ‘नेपाल पे कार्ड’ सार्वजनिक Breaking News
  • IMG 0068 1 1 i3vjjK
    हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा सम्पन्नः नयाँ संचालक समिती नियुक्त Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali महानगरमा बाढी आउँदा जुम्लाको डाँडाले छेक्नुपर्छ #shorts #shortsvideo #meribassai #balenshah
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali महानगरमा बाढी आउँदा जुम्लाको डाँडाले छेक्नुपर्छ #shorts #shortsvideo #meribassai #balenshah Breaking News
  • maxresdefault 106
    Sunny Sunny – Nepali Song Gopi Dahal ft. Arshu Maharjan Official Video Breaking News
  • Profile and Interviews: Who will save us? Han Shu’s red waist Han Shu’s official flagship store special effects mobile phot profile-and-interviews
  • #gautambuddha #buddhajayanti #shorts Breaking News
  • #bachunjelilai #musicnepal #shorts Breaking News
  • nepal bar oath 2082 01 06 4 300x140 b17p93 AMERICA KHABAR April 20, 2025
    नेपाल बारका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण Breaking News
  • KhabarBreaking.com: रास्वपा संसदीय दलको बैठक जारी Breaking News
  • प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बसडरमा दिव्या Breaking News
  • थप ४४ जनामा कोरोना पुष्टि, १७ जना निको Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme