
राप्रपा सांसद दीपक बोहराको निधन
१९ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ । उहाँको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।
सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भएको छ । उहाँ २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । उहाँले तत्कालीन गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई हराउनु भएको थियो । सांसद बोहरा दुई वर्षदेखि बिरामी हुनुहुन्थ्यो ।