Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #lahaimayalu #musicnepal #shorts Breaking News
  • Ambassador Khatri met with Congressman Brad Wenstrup (R-OH, 2nd District) Breaking News
  • #comeletsplayholi #nepalisong #shorts Breaking News
  • बाढीले डाइभर्सन बगाएपछि नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध Breaking News
  • Profile and Interviews: Ke Lat Basyo | के लत बस्यो | New Nepali Ghazal नेपाली गजल | Tilak Singh Pela | Dr. Pradip Mainali Breaking News
  • image 45
    मेगा मिलियन ज्याकपट १.२८ अरब अमेरिकी डलर पुगेको छ, किन्नु भयो ? Breaking News
  • राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग Breaking News
  • ७०५ पालिकाको मत परिणाम सार्वजनिक Breaking News

राजसंस्था पक्षधरको प्रदर्शनीमा सरकारको निर्मम दमन; जनधनको क्षति

Posted on March 28, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राजसंस्था पक्षधरको प्रदर्शनीमा सरकारको निर्मम दमन; जनधनको क्षति

१५ चैत ,काठमाडौं । राजसंस्था पक्षधर नागरिकहरुको प्रदर्शनीमा सरकारले निर्मम दमन गरेको छ । प्रहरीले राजसंस्था पक्षधरको  सभाको मंचमा  ताकेर अश्रुग्याँस तथा रबरका गोलि प्रहार गर्दा शान्तिपूर्ण गर्न लागिएको आन्दोलन हिंसात्मक भएर जनधनको क्षति हुन पुगेको ‘राजसंस्था पुनःस्थापन जनआन्दोलन’ का नेताहरुले बताएका छन् । घरका छतहरुबाट पनि मंचमात्र  ताकेर ढुंगा प्रहार भएको र  ती प्रहरी हुन् कि माओवादी कार्यकर्ता हुन् थाहा नभएको उनिहरुले बताएका छन् ।

सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी आउनासाथ मंचमा ताकेर अश्रुग्याँस हानिएको थियो । त्यसपछि उनलाई स्वयम्सेवकहरुले सुरक्षित स्थानमा लगेका थिए। मंचमा रहेका राप्रपाका नेताहरु रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत पनि  असुरक्षित बनेका थिए ।

प्रहरीको बल प्रयोगबाट केही प्रदर्शनकारीहरु घाइते बने । पहिलो चरणमा लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेको सुरक्षाकर्मीले रबरका गोली र त्यसपछि गोली चलायो । एक जना प्रदर्शनकारीको कम्मरमा गोली लाग्यो ।

उनलाई तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पतालमा पुर्‍याइयो । प्राथमिक उपचारपछि अस्पतालले उनलाई वीर अस्पताल रेफर गर्‍यो । उपचारमा संलग्न चिकित्सकले उनको  कम्मर छिनेर गोली भित्र पसेको बताए । उनलाई थप उपचारका लागि रेफर गरिएको छ।

यस्तै घाँटीमा गोली लागेका अर्का एक प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार साँझ गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी एक व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको खुलेको छ । उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै प्रदर्शनकारीले तीनकुनैकै एक घरमा लगाएको आगलागीमा फसेर भिडियो पत्रकारको पनि मृत्यु भएको छ । भिडियो पत्रकार सुरेश रजक भएको पुष्टि भएको छ।

प्रदर्शनमा १५ सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबाहेक सर्वसाधारणसमेत घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले सरकारले बल प्रयोग गरेको भन्दै झनै उग्र हिंसात्मक प्रदर्शन गरेपछि अन्ततः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु लगाएको छ । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने–कोटेश्वर, कोटेश्वर–जडीबुटी–बालकुमारी पुल, नयाँबानेश्वर–संखमुल, गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर क्षेत्रमा साँझ ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यु लगाइएको हो । कर्फ्युपछि काठमाडौँका सडकमा नेपाली सेनालाई पनि खटाइएको छ ।

आजको आन्दोलनका कमान्डर दुर्गा प्रसाईँले आफूहरूले शान्तिपूर्ण रूपमा कार्यक्रम स्थलमा जाँदै गर्दा नपुग्दै प्रहरीले अश्रुग्याँस र लाठीचार्ज प्रहार गरेको बताएका छन् । तीनकुनेको घर–घरमा लुकेर प्रहरीले अश्रुग्याँस प्रहार गरी कार्यक्रम सुरु नै गर्न नदिएको आरोप उनले लगाएका छन् ।

त्यस्तै , गृह मन्त्रालयले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर तीनकुने क्षेत्रमा आन्दोलन नेतृत्व गरेका दुर्गा प्रसाईंलाई कानुनी दायरामा ल्याउने बताएको छ। गृहका सहसचिव छविलाल रिजालले पत्रकार सम्मेलन गर्दै प्रसाईंले आन्दोलन नेतृत्व गरेकाले उनलाई कानुनी दायरामा ल्याउने बताएका हुन्।

Breaking News

Post navigation

Previous Post: उत्तेजित भिडबाट भएको तोडफोड र आगजनी निन्दनीयः कमल थापा
Next Post: गणतन्त्रको पक्षमा र सरकारको विरोधमा समाजवादी मोर्चाको प्रदर्शन

Related Posts

  • maxresdefault 18
    बुहारी भाग-७० || Buhari Episode-70 || कथा चेलीकाे || 07th May 2022 Breaking News
  • लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न Breaking News
  • Bihe Bha Chhaina – Janaki Tarami Magar & Ganesh Gautam | Nepali Teej Song Breaking News
  • करोडे वार्ताले थप गिर्दै न्यायपालिकाको साख Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: आज संघीय संसदका सातवटा समितिको बैठक बस्दै Breaking News
  • bhim PAqzQRKXkJ Ol7tlD
    एमाले नेता भीम रावल र नेकपा महासचिव विप्लवबीच भेटवार्ता Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 818 | 01 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 818 | 01 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, ओलीले स्वागत गर्ने Breaking News
  • एमालेमै फर्किन मन्त्री प्रेम आलेले बढाए कसरत Breaking News
  • काँग्रेसमा यति धेरै क्रियाशील सदस्य Breaking News
  • How Stress Affects Your Heart Health english_news
  • स्वतन्त्रतामा अदम्य साहस र शक्ति रहेको हुन्छ Breaking News
  • एमालेले सातै प्रदेशमा तोक्यो अध्यक्ष, यी हुन सातै प्रदेशका अध्यक्ष ! Breaking News
  • Herna Man Bhetna Man – Swaroop Raj Acharya | Hari & Aanchal | New Song 2023/2080 Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • ‘सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध’ Breaking News
  • पोखरामा जहाज दुर्घटना, ३५ को शव निकालियो | LIVE Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 844 | 30 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 844 | 30 Jan, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Ambassador’s meeting with Congresswoman Deborah Ross Breaking News
  • IMG 3c83ee45dd93a948a1f645cf2319c78d V 300x162 LjgF1g AMERICA KHABAR February 24, 2025
    राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति‌को बैठक राजधानीमा शुरु Breaking News
  • नेपाल सुशासन पार्टीको आज दिउँसो  केन्द्रीय समितीको बैठक बस्दै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme