Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • दुई उपमेयर एमालेमा प्रवेश Breaking News
  • JOINT STATEMENT ON THE 6TH NEPAL-U.S. TRADE AND INVESTMENT FRAMEWORK AGREEMENT COUNCIL MEETING Breaking News
  • अमेरिकालाई एमसीसी फिर्ता लैजान वामदेव गौतमको आग्रह Breaking News
  • Gautam Buddha International Airport Latest Update|| विश्वभर भारतको बेईज्जेत। भारतको दादागिरी सकियो। Breaking News
  • KhabarBreaking.com: कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै Breaking News
  • माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सीपी मैनालीले तेर्साए यस्तो प्रश्न Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: सभामुखको सक्रियता बढ्यो, प्रधानमन्त्रीसहित चार दलका शीर्ष नेताहरूलाई बोलाए छलफलमा Breaking News
  • गच्छदारको पराजयसँगै देउवालाई पार्टी भित्र ठूलै झड्का Breaking News

राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ

Posted on March 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ

– भक्त केसी,
जनमत, विज्ञ विश्लेषण राजनीतिज्ञहरू भ्रममुक्त हुनुस् ,राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ।

राजनेता: दीर्घकालीन सोच, राष्ट्रिय हितप्रति समर्पित, आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताको भविष्य सोच्ने व्यक्ति।

राजनीतिज्ञ: तत्कालीन फाइदाका लागि राष्ट्रियता बेच्ने, चुनावी लाभका लागि विभाजनको राजनीति गर्ने, संकीर्ण सोच भएका व्यक्ति। नेपालमा राजनेताको अभाव र क्षणिक स्वार्थमा अल्झिएका राजनीतिज्ञहरूको हालीमुहाली छ। राष्ट्रियताका नारा त उठ्छन्, तर व्यवहारमा कार्यान्वयन शून्य छ। जनता हरेक चुनावमा आशावादी बन्छन्, तर नतिजा उही दोहोरीयो । जनताको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मौलिक अधिकारको रक्षा हुन सकेको छैन। यी सबै प्रवृत्तिहरू परिवर्तन गर्न अब नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्छ।

राजनीतिलाई पेशा होइन, सेवा बनाउने संस्कार बसाल्न जरुरी छ। अध्ययनशील, नीतिनिर्माणमा दक्ष, भूमाफियाबाट स्वतन्त्र र राष्ट्रियता प्रति इमान्दार नेतृत्वले मात्र नेपाललाई समृद्ध दिशामा लैजान सक्छ।
नेपालमा पछिल्ला वर्षहरूमा राजनीति नारा, प्रचार र भावनात्मक उक्साहटमा केन्द्रित हुँदै गएको देखिन्छ। वास्तविकतामा राजनीतिज्ञहरू तल्लो तहका जनताको मर्म र आवश्यकता बुझ्न असफल भइरहेका छन्। उनीहरू आफैं प्रचारको भ्रममा फसेका छन् र जनताले देखाउने क्षणिक समर्थनमा रमाइरहेका छन्। अध्ययन, अनुसन्धान र दीर्घकालीन नीति निर्माणमा गहिरो ध्यान नदिने प्रवृत्तिले नेपालको समग्र विकासमा गम्भीर असर परिरहेको छ।

अध्ययनशील राजनीतिज्ञको अभावमा देशले स्थायी समाधान खोज्न सकेको छैन। नेपालको प्रमुख राजनीतिक दलहरूमा पुरानै पुस्ताका नेताहरू हाबी छन्, जसको सोच र शैली झन्डै चार दशकअघि जस्तै पुरानै प्रवृत्तिमा सीमित देखिन्छ। आधुनिक युगका प्रविधि, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, र समावेशी विकासका एजेन्डाप्रति उनीहरू गम्भीर छैनन्।

यसैबीच, भूमाफियासँगको साँठगाँठमा राजनीतिज्ञहरूकै प्रत्यक्ष संलग्नता देखिएको छ। सहरीकरण, भौतिक पूर्वाधार निर्माण र सरकारी जग्गा हडप्ने खेलमा भूमाफियालाई राजनीतिक संरक्षण प्राप्त छ, जसले भ्रष्टाचारलाई संस्थागत गरिरहेको छ।

राष्ट्रियता जस्तो संवेदनशील विषयलाई पनि तत्कालीन स्वार्थअनुसार प्रयोग गर्ने प्रवृत्तिले राजनेताको अभाव प्रस्ट्याएको छ। दीर्घकालीन सोच, राष्ट्रिय हित र समर्पणको सट्टा चुनावी लाभका लागि विभाजनकारी राजनीति गर्नमै राजनीतिज्ञहरू सक्रिय देखिन्छन्। यसले आमजनता निराश बनाएको छ।

राजनीति, व्यापार, प्रशासन र भूमाफियाबीचको मिलेमतोमा सञ्चालन भइरहेको वर्तमान राजनीतिक संरचनाले सर्वसाधारण जनताको शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकार सुनिश्चित गर्न सकेको छैन। चुनावपछि आशावादी बन्ने तर नतिजा उस्तै रहने चक्रबाट जनता मुक्त हुन सकेका छैनन्।

यो निराशाजनक अवस्थालाई तोड्नका लागि अब नयाँ पुस्ताको अध्ययनशील, इमानदार र राष्ट्रियताप्रति समर्पित नेतृत्व अपरिहार्य देखिएको छ। राजनीतिलाई सेवा होइन, पेशा बनाउने प्रवृत्ति अन्त्य नगरेसम्म जनताको हार निरन्तर जारी रहनेछ।
( यी लेखकका निजी विचार हुन्)

Breaking News

Post navigation

Previous Post: एन प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशनलाई गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्नुहुँदै
Next Post: नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न; सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

Related Posts

  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali भैरवीको ट्रेलर | Bhairabi Trailer | Naag Debata #shorts #shortsvideo #nepalicomedy #mediahub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali भैरवीको ट्रेलर | Bhairabi Trailer | Naag Debata #shorts #shortsvideo #nepalicomedy #mediahub Breaking News
  • आज पनि जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी Breaking News
  • image 3
    भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु Breaking News
  • नेपाल भ्यालुयर्स एसोसिएशनको १४औं स्थापना दिवस: मूल्यांकनकर्ताप्रती नियामक र बैंक-वित्तीय संस्थाको दृष्टिकोण सुधार हुनुपर्नेमा जोड Breaking News
  • काँग्रेसले बाटो बिरायो भने लोकतन्त्र कमजोर हुन्छः डा डिआर उपाध्याय Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 23
    Harke Haldar | गिनिज बुक अफ पात्ले गाउँ | 12 September 2021(Ep 514) Breaking News
  • Ati Bho | अति भो | Ep – 133 | Jan 15, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाइ तथा शुभकामना Breaking News
  • #Rajulama #Badalpari #Mongolianheart #nepalisong Breaking News
  • Profile and Interviews: Maa toh maa hoti hai 😭😱 Prashant Sharma #ytshorts #shorts #emotional #sautelimaa #maa #mummy profile-and-interviews
  • सरकारको यो निर्णयले तात्यो राजनीति Breaking News
  • चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द Breaking News
  • प्रधानसेनापति शर्मा आज स्वदेश फर्कंदै Breaking News
  • Screenshot 20210921 133457 Samsung Internet
    Ati Bho अति भो Ep- 64 Nepali Comedy Breaking News
  • देशको बारेमा गम्भिर बनौं Breaking News
  • Sinki Jholai Jhol – Ramsharan Nepali and Friends | Nepali Song Breaking News
  • #Pratikshya #karnadas #nepalisong Breaking News
  • Profile and Interviews: पापा को गिरा दिया 😡😭💔 ~ mini wood toy-woodworking art skill wood / hand crafts / #shorts profile-and-interviews
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव Breaking News
  • AI Writes Scientific Papers That Sound Great—but Aren’t Accurate
    English News: AI Writes Scientific Papers That Sound Great—but Aren’t Accurate Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme