
रमेश महर्जनको “लिफ: लिफ: तुला:” म्युजिक भिडियो सार्वजनिक
१५ चैत , काठमाडौं । रमेश महर्जनको नेपाल भाषा ( नेवारी ) को पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उनको “लिफ: लिफ: तुला: ( फर्कि – फर्कि ) ” को शुक्रबार काठमाडौंको खुसिबुँमा एक विशेष समारोहमा सार्वजनिक गरिएको हो।
नेपाली र नेपाल भाषा दुबैमा गीत सृजना गर्दै आएका महर्जनको पहिलो म्युजिक भिडियो लन्च गरिएको उक्त कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य माननिय समिता खड्गी श्रेष्ठ, कामनपा- १७ का वडा अध्यक्ष नवीन मानन्धर बरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
रमेश महर्जनको शव्द रहेको गीतमा किशोर कुमार शाही र दीपा महर्जनको स्वर रहेको छ भने संगीत शिव शाहीको रहेको छ। उक्त म्युजिक भिडियोको निर्देशकमा राजु महर्जन र सुश्मा सिंह रहेका छन् । प्रेमभावको कथा बोकेको गीतको भिडियोमा कलाकारहरु रबिन्द्र महर्जन र रेश्मा महर्जन फिचरिङ छन्।