
युनियन हाइड्रोपावरको अठारौं साधारणसभाबाट वार्षिक एवं वित्तीय प्रतिवेदन पारित
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले आफ्नो अठारौं वार्षिक साधारणसभा पुष २६ शुक्रबार सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष रामजी प्रसाद कोइरालाको अध्यक्षतामा ललितपुर-३, धोबिघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न सभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको छ।
समीक्षा आर्थिक वर्षमा यस कम्पनीले नेपाल विद्युत प्राधिकरण लाई विद्युत बिक्री बापत रु. ६ करोड ७७ लाख ४४ हजार १६७.७८ र अन्य आम्दानी रु. १ लाख ७ हजार २८० गरेको जनाएको छ। कम्पनीले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-८ मा ३ मेगावाटको मिदिम खोला (करापु ) जलविद्युत आयोजना सम्पन्न गरि विगत ७ वर्षदेखि व्यवसायीक विद्युत उत्पादन गर्दै आएको छ।
लाभांश प्रस्ताव छैन, वित्तीय विवरण पारित
कम्पनीले यस पटकको साधारणसभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभामा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणमा छलफल गरी पारित गरियो।
साधारण सभाका मुख्य एजेन्डाहरू
– गत आर्थिक वर्षको कम्पनीको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन माथि छलफल र अनुमोदन ।
– चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण।
– विशेष प्रस्ताव अन्तर्गत यस युनियन हाइड्रोपावर लिमिटेड कम्पनीद्वारा प्रवर्द्धन गरिएको होङ्गु खोला जलविद्युत आयोजना ( २८.९ मेगावाट ) र माथिल्लो तमोर “ए” जलविद्युत आयोजना ( ६० मेगावाट ) को परियोजना हस्तान्तरण र व्यवस्थापन सम्बन्धमा ।
बुक क्लोज
साधारणसभाको प्रयोजनका लागि कम्पनीले पुष १७ गते बुक क्लोज गरेको थियो। यस अनुसार, पुष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी भएका हुन् ।