मौद्रिक नीति वित्तीय क्षेत्र र व्यवसायमैत्री: निर्माण उद्योग परिषद्

काठमाडौं । गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को लागि ल्याएको मौद्रिक नीति २२ वर्ष यताकै व्यवसायमैत्री वातावरण बन्नेगरी आएको भन्दै नेपाल निर्माण उद्योग परिषद्ले स्वागत गरेको छ ।

काठमाडौंमा शनिबार (१२ साउन ) पत्रकार सम्मेलन गर्दै परिषद्ले निर्माण क्षेत्रका साथै समग्र वित्तीय क्षेत्रमा समेत अनुकुल हुने तथा व्यवसाय गर्न सहज हुनेगरी मौद्रिक नीति आएको भन्दै स्वागत गरेको हो ।

वर्तमान सरकारको पहलमा राष्ट्र बैंकले समस्या समाधान हुनेगरी मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना मागहरु सम्बोधन भएको भन्दै परिषद्ले धन्यवादसमेत दिएको छ ।

चेक तथा जमानत जफत गरी कालोसूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई मौद्रिक नीतिले उचित सम्बोधन गरेको र संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुन मौद्रिक नीति कोसेढुङ्गा सावित हुने परिषद्का अध्यक्ष खोपनिधि लोहनीले बताए ।

‘निर्माण व्यवसायीका समस्या समग्र नीजि क्षेत्रको र राष्ट्रकै समस्या हुन। अहिलेको मौद्रिक नीतिमार्फत यी धेरैजसो समस्याको सम्बोधन गर्न खोज्नु स्वागतयोग्य छ’, उनले भने, आगामी दिनमा सरकारले बाँकी कामहरु गर्ने अपेक्षा गरेका छौँ ।’

उनले निर्माण क्षेत्रसम्बन्धी आफूहरुकाा केही माग यसअघि नै सरकारसमक्ष राखेको भन्दै उक्त मागहरु पनि सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

The post मौद्रिक नीति वित्तीय क्षेत्र र व्यवसायमैत्री: निर्माण उद्योग परिषद् first appeared on Khabar Breaking.

  • Related Posts

    मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले ल्यायो काठमाडौं

    २५ कात्तिक, काठमाडौं । प्रहरीले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याएको छ ।मोरङको विराटनगरमा आइतबार पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो…

    Read more

    ‘सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न

    २५ कार्तिक,काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले ‘सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न गरेको छ । प्रा.डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्य र साहित्यकार कलानिधि दाहालको आतिथ्यमा…

    Read more

    Leave a Reply

    You Missed

    मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले ल्यायो काठमाडौं

    • By
    • November 10, 2024
    • 9 views

    ‘सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न

    • By
    • November 10, 2024
    • 9 views

    कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुन्छः देउवा

    • By
    • November 10, 2024
    • 9 views

    Profile and Interviews: AAA AIIDMA AutoInsurance Nov24 IncidentPlayback BearClimb Social 1080×1920 MP4

    रविलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइँदै

    • By
    • November 10, 2024
    • 8 views

    ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तर बैंक फुटसल प्रतियोगिता’को उपाधि

    • By
    • November 10, 2024
    • 8 views