मोतिराज खनालले लिएर आए “नक्कले साईली”

१९ साउन,काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुले धमाधम तीजका गीतहरु सार्वजनिक गरिरहेका छन ।

नेपालीहरुको संस्कार, संकृति र परम्परालाई जर्गेना गर्ने उद्देश्यका साथ गायक तथा सर्जक मोतिराज खनालले पनि तीजको नयाँ गीत “नक्कले साईली” सार्वजनिक गरेका छन् । गीतको शब्द, संगित स्वयम खनाले नै गरेका हुन् । गीतमा स्वर खनाल र कल्पना विष्टको रहेको छ । धेरै गीतहरुबाट चर्चा कमाइ सकेकी गायिका कल्पनाले पहिलो पटक तीजको गीतमा आवाज दिइएकी हुन्।

गीतकोे संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । उक्त गीत इरा स्टुडियोमा रेकर्ड गरिएको छ । यस्तै सुरज खनालको निर्देशमा भुवन के पोखरेल, अनिल पौडेल, जुना कार्की र सुबुही शाहीले अभिनय गरेका छन् । भिडियो छायांकन शिव वि।कले गरेका हुन् भने कोरिग्राफर देवेन्द्र कुवंरले गरेका छन् । दृश्य सम्पादन विनोद वमले गरेका हुन् ।

उक्त गीत सान्स फिल्म युटुब च्यानलमार्फ सार्वजनिक गरिएको छ । यस गितमा मौलिक नाचौं नाचौं लाग्ने म्युजिक र गाएकीपनले गर्दा यसपालीको तीजमा दिदीबहिनीहरुको रोजाइको गीत बन्न सक्ने छनक यस गीतले दिएको छ । गीतमा माया प्रेम भएनभने जीवन निरस हुन्छ त्यसैले प्रेमलाई जीवन्त बनाउनु पर्छ । सिगार्नु पर्छ । प्रेम बिनाको जिन्दगी अधुरो हुन्छ भन्ने सन्देश गीतले दिएको छ । छाडा र उत्ताउलो गीत बनाएर समाज भड्काउन खोज्ने विकृती ल्याउन खोज्ने कलाकार हरुलाइ पनि यो गीतले सहि मार्गमा हिड्न प्रेरित गर्ने आकलन गरिएको छ । बुवाआमा घर परिवार र छिमेकी सङ्ग बसेर गीत हेर्न र सुन्न रमाइलो गर्न सकियोस् र हाम्रो पहिचान कला र साँस्कृतिक क्षेत्रमा उत्साह थपिएको हेर्न चाहने सबैको लागि यो गीत रोजाईको बन्न सक्छ।

यसमा गायक तथा सर्जक खनालकै रहेको उक्त तिज गीतको बुधबार स्मार्ट दरवारमा एप्पल मिडिया एण्ड एडभरटाइजिङ्गका प्रालि अध्यक्ष श्रीधर खनालको अध्यक्षतामा माननीय सिके राउत, राष्ट्रिय जन सांस्कृतिक महासं नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, मेघा कलेजका अध्यक्ष गोपाल खनाल बाट बिमोचन कार्यक्रम सम्पन्न भएको थियो ।

The post मोतिराज खनालले लिएर आए “नक्कले साईली” first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री