‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आस्मालाई

काठमाडौं । यस वर्षको ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि काठमाडौँकी आस्माकुमारी केसीले जितेकी छन् ।

साउन १९ गते शनिबार  ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्राण्ड फिनालेमा २६ जना प्रतियोगीलाई पछि पार्दै आस्मा ‘मिस नेपाल वर्ल्ड २०२४’ को विजेता हुन सफल भएकी हुन। फिनालेमा उनलाई ‘मिस नेपाल वर्ल्ड २०२३’ की विजेता श्रृच्छा प्रधानले ताज पहिराइदिएकी हुन।

आस्माले मिस नेपाल वर्ल्डको ताज पहिरिँदै गर्दा यता मिस नेपाल अर्थको ताज सुमन केसीले र मिस नेपाल इन्टरनेसनलको ताज भने करुणा रावतले पहिरिएका छन्। तीन जना विजेता प्राप्त गरेसँगै देशले २०२४ को मिस नेपालहरू पाएको छ।

५ फिट ५ इन्च अग्ली ‘मिस नेपाल वर्ल्ड २०२४’ आस्मा कुमारी केसी काठमाडौं निवासी हुन् । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट सोसल वर्कमा स्नातक गरेकी आस्मा २६ वर्षकी भइन्। उनले मिस नेपालको टाइटल सँगसँगै ‘बर्जर मिस सिल्क २०२४’ को सब टाइटल पनि हात पारेकी छन्। आस्मा उद्यमी हुन। उनको अनलाइन स्टोर छ।

The post ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आस्मालाई first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न