८ मंसिर, काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरूसँगको सम्बन्ध राम्रो हुनुपर्ने बताउनु भएको छ । शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय सवारीसाधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताउनु भएको हो । यस्ता विद्युतीय सवारीसाधन हस्तान्तरणले नै मित्र राष्ट्रहरूसँग सम्बन्ध सुमधुर हुने उहाँको भनाई छ ।
उहाँले भन्नु भयो, मित्रराष्ट्रहरूसँगको हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरूसँग सम्बन्ध समधुर हुन्छ । हामी यसरी नै मित्रराष्ट्रहरूसँग सम्बन्ध सधैँ अगाडि बढाउन चाहन्छौँ ।’
साथै उहाँले क्षेत्रपाटी अस्पतालले १३ वर्षसम्म यो क्षेत्रका टोलबासीहरुलाई गौरवको महसुस गराएको समेत बताउनु भयो ।
The post मित्रराष्ट्रहरूसँग सम्बन्ध सधैँ अगाडि बढाउन चाहन्छौँः मन्त्री सिंह first appeared on Khabar Breaking.