माण्डु हाइड्रोपावरको १२% नगद लाभांश अनुमोदित

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको १३औं वार्षिक साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १२% नगद  लाभांश अनुमोदन गरेको छ। कम्पनीका अध्यक्ष रविन्द्र लाल श्रेष्ठको सभापतित्वमा  सोमबार  (असोज १४ गते) नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा सम्पन्न सभामा यही असोज ११ र १२ गतेको अविरल भारी वर्षाको कारण यस  कम्पनीबाट संचालित २२ मेगावाटको  बागमती साना जलविद्युत आयोजनामा पुगेको क्षतिबारे शेयर सदस्यहरुलाई जानकारी दिइएको थियो ।

सभाले गत वर्षको नाफाबाट कम्पनीको हालको चुक्ता पूँजी रु. १,३६,३६,३७,०००/- को  शेयरधनीलाई करसहित १२ प्रतिशतले हुन आउने रु. १६३,६३६,४४०/-  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते सोमबार बुक क्लोज गरेको थियो ।त्यसैले , भदौ ३० गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र सभामा सहभागिता जनाएका थिए ।

The post माण्डु हाइड्रोपावरको १२% नगद लाभांश अनुमोदित first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न