२६ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरू भएको छ। पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक शुरु भएको छ ।
आजको बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचन, केन्द्रीय समिति बोलाउने एजेण्डा रहेको प्रवक्ता सापकोटाले बताउनु भयो । यसैगरी सबै स्थानीय तहमा खबरदारी सभा गर्नेबारेमा पनि आजको बैठकले निर्णय लिने सापकोटाको भनाइ छ।
यसैगरी सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउन वर्तमान सरकार लागि परेको प्रचण्डको आरोप छ। आजको बैठकमा आगामी आन्दोलनको ‘मोडालिटी’का बारेमा पनि छलफल हुने बताइएको छ।
The post माओवादी केन्द्रको पदाधिकारी बैठक शुरू first appeared on Khabar Breaking.