माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने प्रचण्डको विश्वास

फाईल तस्विर
८ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै माओवादीलाई पुनः जनमत प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको छ ।

नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाँले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास समेत व्यक्त गर्नु भयो ।

उहाँले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिरहेको बताउनु भयो । उहाँले यसको परिणाम छिट्टै आउने दाबीसमेत गर्नु भयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको टिप्पणी गर्नु भयो् । यसैगरी उहाँले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताउनु भयो ।

The post माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने प्रचण्डको विश्वास first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री