महासंघ अध्यक्ष ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित

२० कार्तिक ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित हुनु भएको छ ।

अध्यक्ष ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो।

इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएकोको प्रेसनोटमा उल्लेख छ।

इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका थिए।
राजदूत सुवोलोले समारोहमा बोल्दै ढकालको प्रयासले दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कुटनैतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताउनु भयो ।

इन्डोनेसियाली सरकारलाई ढकालले सम्मानका लागि आभार व्यक्त गर्दै यस पुरस्कारले आफुलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताउनु भयो ।

नेपाल र इन्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरुलाई भिषा फ्रि सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणहरुलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले इन्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसंग उल्लेख गर्दै कोरोना महामारी अघि इन्डोनेसिया जाने नेपालीहरुलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुनः सुचारु गर्न इन्डोनेसिया सरकारसँग आग्रह गर्नु भयो ।

यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो। ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुनुन्छ । कार्यक्रममा विभिन्न देशका राजदूतहरु, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

The post महासंघ अध्यक्ष ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित first appeared on Khabar Breaking.

  • Related Posts

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    २१ मंसिर , काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज बिहान काठमाडौं आइपुगेका छन् । निजी भ्रमणको सिलसिलामा यहाँ आएका उनले काठमाडौंमा  स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र…

    Read more

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    २१ मंसिर , काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९औँ साधारणसभा तथा अधिवेशन शुरु भएको छ। मंसिर २० र २१ गते हुने यस अधिवेशनको सन्दर्भमा पूँजीबजार लगायत समग्र अर्थतन्त्र…

    Read more

    Leave a Reply

    You Missed

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    • By
    • December 6, 2024
    • 7 views

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    • By
    • December 6, 2024
    • 7 views

    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    • By
    • December 5, 2024
    • 7 views
    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    शिक्षा समितिको बैठक आज बस्दैँ

    • By
    • December 5, 2024
    • 7 views

    प्राइम कमर्सियल बैंकको ५% लाभांश सत्रौं साधारणसभाबाट पारित

    • By
    • December 5, 2024
    • 7 views

    Profile and Interviews: Ganpati Bappa Morya 🥹❤️🙏 #ganpatibappamorya #ganeshchaturti #bappa #balganesh #trending