Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 17
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 376 | Feb 17, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • maxresdefault 30
    tHE bRAVO dELTA show Rabindra Mishra Breaking News
  • ओली संग बालकोट वार्ता, विराटनगर तरङ्ग Breaking News
  • #pardeshi2 #prakashsaput #prashanttamang #newsong Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: आज संघीय संसदका सातवटा समितिको बैठक बस्दै Breaking News
  • गगन थापाले गरे देउवाको प्रशंसा Breaking News
  • #Sunilparajuli #Asarkomahina #shorts #musicnepal Breaking News
  • गणतन्त्रका नाममा भइरहेको निरंकुशता अन्त्य हुनैपर्छ: राप्रपा Breaking News
FB IMG 1740557071470 300x200 MYG8KT AMERICA KHABAR February 26, 2025

महाशिवरात्री पर्व पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा ,आराधना गरि मनाईँदै

Posted on February 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on महाशिवरात्री पर्व पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा ,आराधना गरि मनाईँदै

१४ फागुन २०८१, काठमाडौं । महादेव अर्थात भगवान् शिव यस धर्तीमा प्रकट हुनुभएको रातका नामबाट नामाकरण भएको महाशिवरात्रि पर्व आज बुधबार काठमाडौंको पशुपतिनाथ मन्दिर र देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। नेपाल लगायत भारत र विश्वभरका हिन्दु धर्मावलम्बीले यो पर्व श्रद्धा र भक्तिपूर्वक आज मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाइएको हो।

FB IMG 1740557071470 AMERICA KHABAR February 26, 2025

परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताएका छन् ।

FB IMG 1740557100871 AMERICA KHABAR February 26, 2025

महाशिवरात्रीका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिँदै पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु विश्वका  समस्त हिन्दुका लागि  गौरवको विषय भएको बताएका छन्।

उनले महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै  नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको उल्लेख गरेका छन्।

‘पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुहरूको लागि पनि गौरवको विषय हो,’ उनले भनेका छन्। हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको उल्लेख गर्दैै आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको उनले  बताए।

‘वैदिक परम्परामा शिवलाई मुलतः संहारका शक्ति मानिएको भएता पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्,’ उनले भनेका छन्, ‘सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा छ।

रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ। यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको उनको भनाइ छ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवं शिव महिमा कीर्तन शिवरात्रि पूजाअर्चनाका मुख्य अंग मानिन्छ भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको उनले बताए।

‘महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्धन गर्न प्रण गर्नुपर्छ,’ उनले भनेका छन् , ‘हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। काठमाडौं उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो।’  राष्ट्रपति पौडेलले महाशिवरात्री पर्व, २०८१ ले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन्।

 

Breaking News

Post navigation

Previous Post: बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले गरे पदभार ग्रहण
Next Post: नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

Related Posts

  • सान्भि इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम मौका Breaking News
  • Olivia Munn Shares Breast Cancer Diagnosis and Reveals She Had a Double Mastectomy
    English News: Olivia Munn Shares Breast Cancer Diagnosis and Reveals She Had a Double Mastectomy Breaking News
  • SEE yNxy3ZVkWV scaled ZltXY6
    यस्तो छ एसइई परीक्षाको तालिका Breaking News
  • १४९५ मत गन्दा गगन अगाडि Breaking News
  • टेक्सासमा संचालित कन्सुलर सेवा शिविरहरुमार्फत् प्रदान गरिएको सेवासम्बन्धमा अद्यावधिक जानकारी Breaking News
  • 1661048903 cPSJy sjcrOu
    प्रदीप गिरिप्रति हार्दिक श्रद्धाञ्जली Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सभापति देउवाले पत्रकार सम्मेलन गर्दै Breaking News
  • एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप
    KhabarBreaking.com: एम. ए. डब्लू. हायर पर्चेजका ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप Breaking News
  • maxresdefault 6
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 797 | 07 Mar, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • एमालेले बोलायो सचिवलाय बैठक Breaking News
  • maxresdefault 31
    Travel Vlog Nepal to USA Immigration
  • १० महिनामा ५ लाखलाई श्रमस्वीकृति Breaking News
  • image 31
    गैरकानुनी रुपमा अमेरिकामा प्रवेश गर्न र बस्न ‘प्रोत्साहन वा उक्साउनु’ अपराध बनाउने संघीय कानुन ‘असंवैधानिक’ भएको ठहर Breaking News
  • maxresdefault 19
    Sauteni Aama Series Episode 43 Breaking News
  • प्रधानमन्त्री देउवाको भारत भ्रमणका लागि गृहकार्य सुरु Breaking News
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी Breaking News
  • सरकारले देशभर एचपीभी खोप लगाउँदै Breaking News
  • Herna Maan Bhetna Maan – Swaroop Raj Acharya | Hari & Aanchal | New Song 2023/2080 Breaking News
  • एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता Breaking News
  • ukraine
    Ukraine Invasion: युक्रेनमा रुसले आक्रमण गरेको एक दिनपछि शुक्रबार राजधानी कीभमा थुप्रै विस्फोट १३७ सर्वसाधारणको ज्यान गयो Breaking News
  • एमाले सांसदको अवरोध : बागमती प्रदेश सभाको बैठक स्थगित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme