महाधिवेशनका निर्णय अन्तिम मानिनुपर्छः एमाले नेता ज्ञवाली

0
44

 

७ पुष,काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि फेरि आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने चेतावनी दिएका छन्। महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायको रूपमा स्वीकार नगर्ने प्रवृत्तिले एमाले ‘अन्त्यहीन बहस क्लब’मा रूपान्तरण हुने खतरा रहेको उनले बताए।

महाधिवेशनपछि केही नेताहरूले अलग्गै भेला गरेको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले यस्ता गतिविधि अपेक्षित नभएको प्रतिक्रिया दिए। उनका अनुसार महाधिवेशनका निर्णय अन्तिम मानिनुपर्छ, अन्यथा पार्टी एकता, अनुशासन र राजनीतिक प्रभावशीलता कमजोर हुँदै जान्छ।

एक वर्ष अगावै महाधिवेशन गर्नुको उद्देश्य नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठेका प्रश्नहरूको जवाफ दिनु रहेको र महाधिवेशनले ती सबै प्रश्नको स्पष्ट उत्तर दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको उनले स्पष्ट पारे।

महाधिवेशनअघिका मुद्दा बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’को बाटोमा हिँड्नु निरर्थक हुने भन्दै ज्ञवालीले अब पार्टीको समग्र ऊर्जा आन्तरिक विवादभन्दा बाहिर निस्केर लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानजस्ता राष्ट्रिय एजेन्डामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here