महरा राष्ट्रिय सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट सम्मानित

१० असार,काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् उद्यमी व्यवसायी बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बर्षकै राष्ट्रिय सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट सम्मानित भएकी छन् ।

शनिबार एक बिशेष समारोहमा आयोजना गरिएको प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भव्य समारोहका बीच सौन्दर्यविद् महरालाई सम्मान गरेका हुन् ।

बिगत २६ बर्ष देखि निरन्तर सौन्दर्य क्षेत्रमा रहेर सामाजिक कार्यमा समेत सक्रिय सम्मानित महरा बरिष्ठ सौन्दर्यविद एवम् उद्यमी व्यवसायी हुन् । महरा नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी संचालक तथा प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघको सचिवका रुपमा काम गर्दै आएकी छन् ।

जसले व्यवसायिक रुपमा हुँदा खाने देखी हुने खानेसम्म र शुभकार्य, सौन्दर्य प्रतियोगिता, गीत संगीत देखी चलचित्रसम्मलाई सेवा प्रवाह गर्दै आएकी छन् । त्यसो त यस माझमा उनले आफनै बलबुतामा फेसियल हाउसलाई बिस्तार गर्दै हालसम्ममा ८ वटा शाखा संजाल खडा गरेकी छन् । जुन धेरै महिलाहरुका लागि प्रेरणादायी स्रोत बन्दै आएको छ । राज्यलाई झक्झकाउने सवाल होस् वा आम महिला दिदी बहिनीहरुलाई झक्झकाउने कार्य, यसका निम्ती उनले सदैव अग्रपंतिमा रहेर काम गर्दै आएकी छन् ।

The post महरा राष्ट्रिय सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट सम्मानित first appeared on Khabar Breaking.

  • Related Posts

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७९/८० तथा आर्थिक वर्ष २०८०/८१ को बार्षिक साधारणसभा  सोमबार (२१ असोज ) कालिमाटी ब्याङक्वेट, कालिमाटी काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका…

    Read more

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    २१ असोज, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको छ । श्रम, रोजगार तथा…

    Read more

    Leave a Reply

    You Missed

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    • By
    • October 8, 2024
    • 1 views

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views

    देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

    • By
    • October 7, 2024
    • 12 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकद्वारा ५१ लाख सहयोग

    • By
    • October 7, 2024
    • 14 views